पोखरामा विद्यार्थी आन्दोलित : परिक्षा नै नदिने पास, कलेज टपर फेल !

पोखरामा विद्यार्थी आन्दोलित : परिक्षा नै नदिने पास, कलेज टपर फेल !

पोखरा : उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीबाट नतिजा नराम्रो आएको भन्दै कास्कीका ११ कक्षाका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको भन्दै यहाँका विभिन्न स्कुलका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् । राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको नतिजामा लापारबाही भएको उनीहरुको आरोप छ ।

नतिजाप्रति असन्तुष्ट जनाउँदै ‘रिटोटलिङ’ गर्दा समेत लापारबाही भएको विद्यार्थीहरुको गुनासो छ । रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको रिटोटलिङ गर्दा रिटोटलिङ नै नगरेको अंग्रेजी विषयमा ग्रेड बढेर नतिजा आएको विद्यार्थीले बताएका छन् ।

परिक्षा बोर्डको लापारबाहीका कारण १२ कक्षाको परिक्षाको तयारी गर्नुपर्ने बेलामा आन्दोलनमा उत्रनु परेको विद्यार्थी सोनीका गैरे बताउँछिन् । परिक्षामा नै सहभागी नभएका विद्यार्थीको रिजल्ट पास भएर आएको तर कलेज टपर सहित अब्बल विद्यार्थीको रिजल्ट नै बिग्रेको डायमण्ड स्कूलकी विद्यार्थी गैरेको गुनासो छ ।

परिक्षा बोर्डको लापरबाहीले गर्दा सयौं विद्यार्थीको भविष्यमै लापारवाही भएको बताउँछन् विद्यार्थी सागर पराजुलीले बताए । रिटोटलिङको नतिजामा पनि असन्तुष्टि जनाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । २ हजार ७ सय विद्यार्थीको नतिजामा सुधार नआएको विद्यार्थीले बताएका छन् ।

कास्कीका विद्यार्थीहरु नतिजा प्रकाशनको भोलिपल्ट २१ गतेदेखि नै परिक्षा बोर्ड कार्यालय पोखरा लगायत शैक्षिक र प्रशासनिक कार्यालयमा धर्ना गर्दै आएका छन् । परिक्षा बोर्ड पोखराले भने विद्यार्थीको गुनासो केन्द्रमा पु¥याएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.