गुप्ताङ्गमा सुन लुकाएर ल्याउँदा प्रहरी फन्दामा
काठमाडौं : आधा किलो अवैध सुनसहित एक व्यक्ति पक्राउ परेका छन्। कतार एअरवेजबाट काठमाडौं आउँदै गरेका चितवन भरतपुरका अमित घिसिङ आधा किलो सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।
उनलाई ५१४ ग्राम अवैध सुनसहित मंगलबार दिउसो पक्राउ गरेको विमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी देवबहादुर बोगटीले जानकारी दिए। उक्त परिमाणको सुनका चारवटा बिस्कुट घिसिङले गुप्ताङ्गमा लुकाएर हालेर ल्याएका बोगटीले जानकारी दिए।
विदेशबाट आउँदा नेपालीले प्रतिव्यक्ति ५० ग्राममात्र सुन ल्याउन पाउँछन्। त्यो भन्दा बढी सुन स्वतः अवैध मानिन्छ।
प्रतिक्रिया दिनुहोस !
३