मेलम्चीमा सीएमसीकै खोजी

मेलम्चीमा सीएमसीकै खोजी

काठमाडौं : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी काम सक्न इटालियन ठेकेदार कम्पनी सीएमसी आए स्वागत गर्ने बताएकी छन्। अन्तिम चरणमा सीएमसीले मेलम्ची छाड्दा अन्योल बढेकाले सरकारले छोटो प्रक्रियामार्फत आयोजना अगाडि बढाउने तयारी गरेको उनको भनाइ छ।

‘हामी सीएमसीलाई नै काममा फर्काउने कोसिसमा छौं, त्यसैका लागि पहल जारी छ’, शुक्रबार प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्, ‘सीएमसी आए अर्काे ठेक्का गरिरहनुपर्दैन, ऊ नफर्किएको अवस्थामा रि–टेन्डर गरेर भए पनि मेलम्चीको काम सक्छौं।’ कांग्रेस सांसद डा. डिला संग्रौला र राजन केसीले मेलम्चीको पानी काठमाडौं कहिले आउँछ भनेर प्रश्न गरेका थिए।

मन्त्री मगरले आफ्नो कार्यकालमा मेलम्चीमा धेरै महत्वपूर्ण काम भएको दाबी मात्र गरिनन्, अन्तिम चरणमा ठेकेदारले आयोजना छोड्दा परिणाम दिन नसकेको स्विकारिन् पनि। ‘हामीले तीव्र गतिमा काम अगाडि बढाएका थियौँ, धेरै काम पनि भएको थियो। तुलनात्मक रूपमा फड्को मारेका छौँ, अन्तिम परिणाम दिन भने सफल भइएन। सीएमसीको लापबारहीले नतिजा दिन सकिएन’, उनले भनिन्।

सीएमसी बाहिरिएपछि मेलम्चीलाई लिएर मन्त्री मगर र सचिव गजेन्द्र ठाकुरबीच आर्थिक विषयमा सुरु भएको जुहारीबारे पनि सांसदले प्रश्न गरेका थिए। कांग्रेसका सांसद गगनकुमार थापाले मेलम्चीलाई लिएर खानेपानीमन्त्री मगर र सचिव ठाकुरबीचको जुहारीबारे जनताले बुझ्न चाहेको बताए।

हामी सीएमसीलाई नै काममा फर्काउने कोसिसमा छौं, त्यसैका लागि पहल जारी छ।, बिना मगर, मन्त्री, खानेपानी तथा सरसफाइ मन्त्रालय

‘मेलम्चीको खानेपानी योजनामा भ्रष्टाचार भयो भन्ने मन्त्री र सचिवबीच आरोपप्रत्यारोप चलिरहेको छ’, उनले प्रश्न गरे, ‘दोषी को हो, हामीले जान्न पाउनुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ।’ मन्त्री मगरले सचिव ठाकुरले कमिसन उठाए भनेर आफूले नबोलेको पनि बताइन्। ‘सचिवजीले के प्रश्न उठाउनुभयो या भएन भन्नेतर्फ मैले ध्यान दिएकी छैन, मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। उपत्यकावासीको लागि महत्वपूर्ण आयोजना हो’, उनले भनिन्, ‘मेलम्ची मेरो व्यक्तिगत सलफतासंँग जोडिएको विषय हो। मेलम्चीमा कुनै पनि गिद्धे नजर पर्न दिनेछैन।’

सीएमसीलाई नै प्राथकितामा राखेर काम गर्न दिएको निर्देशनअनुसार काम नभएपछि सचिवको सरुवा भएको उनको दाबी छ। ‘मलाई राष्ट्र डुबाउन खोजेकी छ भनियो, तर मेरो अहिलेको प्राथमिकता भनेको जसरी पनि मेलम्चीको पानी काठमाडौंमा ल्याउने हो’, उनले भनिन्, ‘म आएपछि ठेकेदारलाई ८४ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको रहेछ। मिडियाले नियोजित रूपमा एक अर्ब खाई भनेर प्रचारबाजी गरिदिए।’


‘भ्रष्टाचारमा शून्य सहनशीलता नारामा मात्रै’

प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद डिला संग्रौलाले वाइडबडी विमान खरिदमा भएको अनियमितता ढाकछोप गर्न छानबिन समिति गठनको नाटक गरेको आरोप लगाइन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले समितिका सदस्यलाई पत्र नै नपठाएर सरकारले अनियमितता लुकाउन खोजेको दाबी गरिन्।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो प्रधानमन्त्रीले चार महिनाअघि थाहा पाउँदा पनि आँखा चिम्लिनुले सरकारको भ्रष्टाचारमा शून्य सहनशीलता नारामा मात्र सीमित भएको उनको भनाइ छ।

कांग्रेसकै सांसद दिव्यमणि राजभण्डारीले बेलायतमा रहेका गोर्खा सैनिकको सेवासुविधामा विभेद भएको पुष्टि हुँदा पनि सरकारले यसतर्फ चासो नदिएकोमा आश्चर्य व्यक्त गरे। सांसद दुर्गा पौडेलले गुठीको जग्गा भोगचलनमा कानुनी समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.