वृद्ध भत्ता तीन हजार पुग्यो

वृद्ध भत्ता तीन हजार पुग्यो

काठमाडौं : सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता एक हजार रुपैयाँ बढाएको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणमा एक हजार वृद्धभत्ता बढेको घोषणा गरेका हुन् । 

अब ७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक तीन हजार रुपैयाँ पाउने छन् । यसअघि दुई हजार रुपैयाँ मात्र पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् । 

६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपांगता भएका नागरिक उक्त सामाजिक सुरक्षा भत्तामा समेटिनेछन् । 

यसबाट करीब १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । 

त्यस्तै अतिअशक्त, अपाङ्ता भएका, एकल महिला, लोपोन्मुख आदिवासी जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु एक हजार वृद्धि गरिएको छ ।

यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको निर्वाचनका क्रममा जनताका सामु गरेको प्रतिबद्धताअनुसार उक्त सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको हो । 

यस्तै शहीद तथा बेपत्ता परिवार र घाइते योद्धालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने नीति बजेटले अवलम्बन गरेको छ । 

लामो समयदेखि सामाजिक सुरक्षा भत्ता वृद्धिको माग हुँदै आएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन् । 

नेकपाले निर्वाचनका क्रममा पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता प्रतिमहिना पाँच हजार पुर्‍याउने घोषणा गरेको थियो । 


ज्येष्ठ नागरिकमा रहेको ज्ञान र सीप लाई अन्तरपुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक स्थानीय तहमा संघ, प्रदेश र स्थानीय तह तथा निजी क्षेत्र सहकार्यमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गरिने छ । 

तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराईले रु १७५ बाट वृद्धि गरी रु ५०० पुर्या‍उनुभएको उक्त सामाजिक सुरक्षा भत्ता तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मासिक दुई हजार पुर्‍याएका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.