बालविवाह गर्ने दुलाहा–दुलहीसहित चार पक्राउ

बालविवाह गर्ने दुलाहा–दुलहीसहित चार पक्राउ

मिना बुढाथोकी । सल्यान : सल्यानमा बालविवाह गरेको भन्दै प्रहरीले दुलाहा र दुलहीसहित चार जनालाई पक्राउ गरेको छ। शारदा नगरपालिका–४ पिपलनेटा निवासी १८ वर्षीया दुलाही र १७ वर्षीय दुलाहा, दुलाहाकी आमा र विवाहमा सहभागी पण्डितलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार बिहीबार बालविवाह हुन लागेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको हो। घटनामा संलग्न ६६ वर्षीय पण्डित अशोक गौतमलाई पनि नियन्त्रणमा लिइएको उनले बताए। आरोपित सबैलाइ प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी शाहीले जानकारी दिए। 

बालविवाह न्यूनिकरण गर्ने अभियान अन्तरगत जिल्लामा अहिले बालविवाह भएको थाहा पाएपछि स्थानीय आफैँले बालविवाह हुन लागेको खबर प्रहरीलाई दिने गरेका छन्। यसअघि पनि स्थानीयको सहयोग र प्रहरीको सक्रियतामा बालविवाह रोकिएको थियो।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ को उपदफा १ मा बालविवाह सम्बन्धी कसुर अन्तरगत २० वर्ष उमेर नपुगी बालविवाह गर्ने गर्नेलाई तीन वर्ष कैद र तीस हजार रुपौयाँ जरिवाना हुने उल्लेख छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.