तोकिएको समयमै काम सके रथारोहरण : पर्यटनमन्त्री भट्टराई

तोकिएको समयमै काम सके रथारोहरण : पर्यटनमन्त्री भट्टराई

पोखरा : राष्ट्रिय गौरवका परियोजनाको रुपमा निर्माण भइहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार पर्यटन मन्त्री योगश भट्टराईले निरीक्षण गरे। विमानस्थलको भ्रमण अघि निर्माणधिन विमानस्थलकै प्राङ्गणमा गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सांसदहरु, जिल्ला समन्वय समितिका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, स्थानीय र चिनियाँ निर्माण कम्पनीसँगसँगै बसेर विमानस्थल निर्माणका अवस्थाका बारेमा मन्त्री भट्टराईले कार्यप्रगतिको बारेमा जानकारी लिएका छन्। 

निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगतिका बारेमा जानकारी दिँदै आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माणको काम ४५ प्रतिशत सम्पन्न भएको जानकारी दिएका थिए।

उनले जग्गा अधिग्रहणको बाँकी ५ प्रतिशत काम पनि अघि बढाइएको जानकारी दिए। २ हजार ५ मिटर लम्बाई र ४५ मिटर चौडाइ रहेको रन वेको सिमेन्टेड ढलान वैशाख महिनामै सकिएको हो। रन वेलाई अन्तिम रुप दिन लाइट फिट् गर्ने, रंग लगाउने लगायतको अन्तिम काम भइरहेको छ। 

कार्यक्रममा पार्टीका प्रतिनिधि र  सरोकारवालाले मुअब्जा दिनुपर्ने जग्गा धनीलाई बेलैमा उचित मुअब्जा दिन अनुरोध गरेका थिए । सरोकारवाला र जग्गा धनीहरुले मन्त्रीसामु विमानस्थल निर्माणमा सधै साथ रहिरहने बताउँदै थप जग्गा अधिग्रहण गर्नुपरे चलनचल्तीका दरमा एकै पटक अधिग्रहण गर्न अनुरोध गरेका थिए।

एउटै जग्गा धनीको पटकपटक गरी ५ पटकसम्म जग्गा अधिग्रहण गरिएको तर उचित मुअब्जा नपाएर विस्थापित हुनु परेकाले यस्तो अवस्था सृजना नर्गन अनुरोध गरेका थिए। सरोकारवालाको आवाज सुनेपछि पर्यटन मन्त्री भट्टराईले नागरिकलाई खाली खुट्टा र नांगो आङ बनाएर आयोजना बन्न नहुने बताए । सरकार यस विषयमा सजक रहेको पनि उनले सुनाए।

राष्ट्रिय गौरवको अयोजनालाई समयभन्दा अघि नै सम्पन्न गर्न सबैका साथ र सहयोग रहँदै आएको र रहने उनले विश्वास गरे । देश संघीय अभ्यास गरिहेकोले संघीय सरकार, स्थानीय निकाय सबैको समन्यव गरेर काम अघि बढ्नुपर्ने उनले बताए।

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीब्र रुपमा भइरहेको छ।२०२१ जुलाई १० मा सक्नुपर्ने सम्झौता भएपनि तोकिएको समय सीमाभन्दा ६ महिना अघि नै सक्ने गरी काम युद्धस्तरमा भइरहेको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका साइड म्यानेजरले बताएका छन्।

पर्यटनमन्त्री भट्टराईले निर्माण कम्पनीले भन्दै आएको समय सीमाभन्दा ६ महिनाअघि सन् २०२० को डिसेम्बर महिनामा विमानस्थलको चापी हस्तान्तरण गरे महानगरपालिकाले निर्माण कम्पीका अधिकारीलाई रथारोहण गरेर सम्मान गर्नुपर्ने बताए । 

यसका लागि तयार रहन पनि उनले महानगरपालिकाका प्रतिनिधिलाई अनुरोध गरेका थिए। विदेशी दातृनिकायहरुले उठाउँने भनेकै हाम्रा काम ढिला हुने गरेकै विषय हो । राष्ट्रिय गौरवको विमानस्थल निर्माणको समय अघि नै सकीयो भने यसले सकरात्मक भाइब्रेसन गर्ने उनले बताए । 

कार्यक्रममा गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि नै पोखरा बजार क्षेत्रका सडक पूर्वाधार र राजमार्गका सडक कम्तीमा चार लेन फराकीलो बनाउने गरि काम अघि थाल्न अनुरोध गरेका थिए । 

पोखरा महानगरपालिका वडा नम्बर १४ मा  चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको हो।विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । 

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२०  वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.