डीएनए परीक्षण गर्न धान पठाइयो काठमाडौं

डीएनए परीक्षण गर्न धान पठाइयो काठमाडौं

गुलरिया : देशकै अन्नभण्डारका रुपमा मानिने बर्दियाको राजापुर क्षेत्रमा गरीमा जातको धान नफलेपछि त्यसको डीएनए परीक्षण सुरु भएको छ । सुपरजोन क्षेत्र राजापुरका किसानले रोपेका गरीमा जातको धानको बीउ फरक परेको आशंकामा अनुसन्धान गर्न डीएनए परीक्षण सुरु गरिएको हो ।

गरीमा जातको धान पाक्ने बेलामा पनि नपसाएको धान सुपरजोन राजापुरका वरिष्ठ कृषि अधिकृत तपेन्द्र बहादुर शाहले बताए । उनले भने,' नेपालमा राष्ट्रिय सूचिकृत गरीमा जात गतवर्ष राजापुर क्षेत्रका किसानले लगाउँदा उत्पादन राम्रो भएकाले यस वर्ष पनि सोही जातको धान लगाएका हुन् । गरीमा लेखिएको बीउको प्याकिङमा अन्य कुनै जातको धानको बीउ राखी बिक्री वितरण गर्नेले बदमासी गरेको हुनसक्ने अनुमान शाहले प्रष्ट्याए।

उनले थपे करिब १ सय देखि १ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धान पसाएको छैन । नपसाएको धानको बोट हेर्दा अन्य जातको जस्तो देखिन्छ । धानको डीएनए परीक्षण गर्न काठमाडौं पठाइएकाले रिपोर्ट आएपछि वास्तविकता बाहिरिने उनको भनाई छ । 

किसानले आफ्नै लगानीमा विभिन्न एग्रोभेटबाट धानको बीउ खरिद गरेकाले बदमासी गर्नेले किसानलाई क्षतिपूर्ति भर्नुपर्ने र त्यस्ता बीउ वितरकलाई कारवाही गर्नुपर्ने उनले बताए। देशकै धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमा वर्षेनी ६३ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । 

यसवर्ष धान नफलेपछि २ दशमलव ०३ प्रतिशत उत्पादकत्व घट्ने अनुमान जोन कार्यालयको छ । शाहले थपे भित्र्याउने बेलामा धान नपसाएपछि किसानसँगै सुपरजोन क्षेत्रमा चुनौती थपिएको छ । बर्दियामा मात्र होइन देशका अन्य क्षेत्रमा पनि गरीमा भनिएका जातका धानको अवस्ता उस्तै छ। 

जसका कारण यसवर्ष बर्दियामा धान उत्पादन घट्ने निश्चित छ । प्राकृतिक रुपमा गवारो किराको प्रकोप झेलिरहेका किसान व्यापारीबाट ठगिएपछि दोहोरो पीडामा छन् । धान काट्ने बेलासम्म पनि नफलेपछि किसान समस्यामा परेको राजापुरका सहायक बडघर दिपक चौधरीले बताए । उनले भने राजापुर धान घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।

राजापुरमा लगाइएको धानमा समस्या देखिएपछि प्रदेश नम्बर ५ का कृषिमन्त्री आरती पौडेल, जिल्लाका प्रदेश सांसद, कृषि वैज्ञानिकलगायत सरोकारवालाको टोलीले धान लगाइएको क्षेत्रमा अवलोकन तथा अनुगमन गरेको सहभागी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । उनले भने,' गरीमा जातको धान नपसाएको पाइयो । प्रदेश सरकारबाट क्षतिपूर्ति दिलाउने प्रतिबद्धता मन्त्रीबाट भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.