लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गरिने

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गरिने

काठमाडौं : नेपाल सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर नक्सा सार्वजनिक गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ नक्सा सार्वजनिक हुने बताएकी हुन् । 

‘लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको भूमी हो’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसलाई प्राप्त गर्न ठोस कदम चालिने छ । तद अनुसार नै छुटेको भूमि कायम गरी नेपालको नक्सा सार्वजनिक गरिने छ ।’ 

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको रहेको भन्दै सरकारले भारतलाई पटक–पटक कूटनीतिक नोट दिइसकेको छ। भारतले पनि त्यस क्षेत्रलाई विवादित क्षेत्र भन्दै वार्ताबाटै सल्टाउने बताइरहेका बेला नेपालको अर्को छिमेकी चीन जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ।

राजा र इस्ट इन्डिया कम्पनीबीच सम्झौता हुँदा ३ नम्बर धारामा नेपाल र इस्ट इन्डिया कम्पनीबीच अबउप्रान्त सीमा विवाद हुने छैन र शान्ति कायम हुनेछ समेत लेखिएको छ। नेपाल सरकारसँग तत्कालीन सम्झौता रहे पनि अहिले भारतले चीनको तिब्बत जाने मानसरोवर मार्गको उद्घाटन गरेपछि नेपाल–भारतबीच सीमा विवादले उत्कर्षमा पुगेको छ। नेपालले लगातार वार्ताबाट समाधानका लागि मिति माग गरेको र भारतले यसमा बेवास्ता गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.