शव व्यवस्थापनमा अवरोध भएपछि गोरखामा तनाव : चार सेल अश्रुग्यास प्रहार

शव व्यवस्थापनमा अवरोध भएपछि गोरखामा तनाव : चार सेल अश्रुग्यास प्रहार

गोरखा : शनिबार  बिहान कोरोनाकै कारण ज्यान गुमाएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएको छ। 

नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनका लागि शनिबार  दिउँसो सहिद लखन गाउँपालिका-१ को लुदीखोला घाटमा लगेपछि स्थानीयले अवरोध गरेका हुन्। शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्रहार गरेको छ। 

कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो। सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरेको छ। तर, १० घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीको भनाइ छ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका उनी मधुमेह राेगी भएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी गराएको थियो। कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.