भारत पुर्‍याइएकी युवतीको उद्धार: पूजारीले तीन लाख दिने भन्दै फकाएको खुलासा

भारत पुर्‍याइएकी युवतीको उद्धार: पूजारीले तीन लाख दिने भन्दै फकाएको खुलासा

धरान :  सुनसरी हुँदै भारत पुर्याएकी एक युवतीको उद्धार भएको छ। सप्तरीको दौलतपुर गाउँपालिका-३ की १८ वर्षीया विपना चौधरीलाई प्रहरीले उद्धार गरेको हो। सशस्त्र प्रहरीको टोलीले नेपाल-भारत सीमा क्षेत्रबाट बुधबार उद्धार गरेको हो। युवतीलाई भारत लाने एक महिला र दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

युवतीलाई फकाएर भारतको विहार राज्यतर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालिकास्थित भाण्टावारी नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो।  कोरोनाको विश्वव्यापी महामारीका कारण नेपाल-भारत सीमा नाका बन्द रहेको अवस्थामा तस्करले खुला नाकाबाट भारत प्रवेश गराउँदै गरेकी युवतीलाई भारतीय सुरक्षा बल (एसएसबी) को सहयोगमा सशस्त्र प्रहरीको बीओपी भाण्टावारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भुवन खड्काको नेतृत्वको टोलीले उद्धार गरेको हो। 

युवतीलाई भारत लाने तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीको चार नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए। प्रहरीले युवती भारत लाने सप्तरीको अग्नीसाइबर कृष्णसवरण गाउँपालिका-४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीकै शम्भुनाथ नगरपालिका-७ की २२ वर्षीय सुचिनकला चौधरी र सिराहाको लहान नगरपालिका-१९ का ३२ वर्षीय जिवछ साहलाई पक्राउ गरिएको जानकारी दिए। 

भारतको विरपुर राज्यको भिमनगर मन्दिरमा पुजा गर्न जाँदा पुजारीले तीन लाख बढी पैसा दिने भन्दै युवतीलाई फकाएर बली दिन लगेको अनुसन्धानमा खुलेको सशस्त्र प्रहर उपरीक्षक पौडेलको भनाइ छ।युवतीलाई सुरुमा सुचिनकलाले फकाएको अनुसन्धानबाट खुलेको छ। उनले फकाएपछि मन्सुरी र साहले मन्दिरमा पूजा गर्न हिँडेको भन्दै सीमा क्षेत्र कटिसकेको अवस्थामा एसएसबीको थप सहयोगमा युवतीको उद्धार गरेको पौडेलले जानकारी दिए। 

भाण्टावारी नाका बन्द भएपश्चात तस्करको समूहले खुला सीमाबाट भारत प्रवेश गर्न लागेपछि सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। नेपाल तर्फको भूभाग कटेर भारत प्रवेश गरेपश्चात भीमनगरमा रहेका भारतीय सुरक्षा बलका जवानलाई खबर गरेर उनीहरुकै सहयोगमा युवतीको उद्धार भएको हो। सशस्त्र प्रहरी उपरीक्षक पौडेलले ठूलो रकमको ‘डिल’ भएर युवतीलाई भारत पुर्‍याउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। 

उनले ठूलो रकमको डिल र पूजाको विवरण विश्लेषण गर्दा ‘बलि’ दिन लगिएको हुन सक्ने अनुमान गरिएको बताए। सशस्त्र प्रहरीले प्रारम्भिक अनुसन्धान गरेर आवश्यक कारवाहीका लागि लागि चारैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ। भारतका विभिन्न मठ मन्दिरमा युवतीलाई बलि दिने अन्धविश्वास व्याप्त छ।

युवतीलाई नियन्त्रणमा लिए पश्चात तस्करको समूहले केटीको उचाई नापेको भिडियो समेत बरामत गरेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.