प्रधानन्यायाधीश जबराले तोके संवैधानिकसहित ११ इजलास

प्रधानन्यायाधीश जबराले तोके  संवैधानिकसहित ११ इजलास

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका छन्। उनले आफू नेतृत्वको एकल इजलास पनि तोकेका छ्न्। संवैधानिक इजलासमा प्रधान्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् । यी चारजना  न्यायाधीशसहित सर्वोच्चका एक दर्जन बढी न्यायाधीशहरु दुई दिनदेखि इजलास बहिष्कार गर्दै आएका छन्।

आजको संवैधानिक इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमाललगायतले दायर गरेको पेशी चढेको छ। 

सर्वोच्च अदालतका न्यायाधीशहरुले लगातार इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीश जबराले भने मंगलबारका लागि इजलास तोकेका हुन्। तर इजलास बस्ने/नबस्ने अझैं टुंगो लागेको छैन। नियमित इजलास नबस्दा लामो समयदेखि न्यायको पर्खाइमा रहेका नागरिकहरु न्याय पाउनबाट बंचित भएका छन्।

असन्तुष्ट न्यायाधीशरुले सोमबार र मंगलबारको इजलास पनि बहिष्कार गरेका थिए। प्रधानन्यायाधीश जबराले फूलकोर्टको एजेन्डाबारे छलफलै नगरी बैठक आह्वान गरेको, कार्यपालिकामा भागबण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेकोलगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूको छ। 

उनीहरुले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानन्यायाधीशसँग आग्रह गरेका छन्। तर न्यायाधीश जबराले भने आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएकाले राजीनामा नदिने अडान लिएका छन्।

नेपाल बारले पनि प्रधान्यायाधीशले मार्गप्रशस्त नगरे आन्दोलन गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.