मधुमेह लाग्नुअघि बाटो छेक्ने कि ?

मधुमेह लाग्नुअघि बाटो छेक्ने कि ?

मधुमेहको रोगी भइयो, अब केही गर्न सकिँदैन भनेर निष्क्रिय भएर बस्ने कदापि होइन। यसो गरेमा स्वास्थ्यमा जटिलता उत्पन्न भई अन्य रोगले सजिलै आक्रमण गर्न सक्छ।


मधुमेहलाई चिनी रोगका नामले चिनिन्छ। यसका बिरामीको रगतमा चिनी (ग्लुकोज) को मात्रा असामान्य मात्रामा हुन्छ। हामीले खाएको खाना अन्त्यमा गरेर ग्लुकोजको अणुहरूमा परिवर्तन हुन्छ। उक्त अणुहरू पहिला रगतमा जम्मा भएर अन्य जस्तै : मांशपेसी, हड्डी, बोसो आदिका कोषहरूमा गएर शक्तिको रूपमा सञ्चित भएर रहन्छन्। तर कारणवश ग्लुकोजका अणुहरू रगतमा जम्मा भई असामान्यरूपले वृद्धि हुने गर्छ। यसलाई नै मधुमेह भनिन्छ। सामान्यतयाः ग्लुकोजको परिमाण रक्तकोषहरूमा १४० मिलिग्राम र डेसिलिटरभन्दा बढी भएमा मधुमेह भएको मानिन्छ। ग्लुकोजको मात्रा रक्तकोषमा वृद्धि हुने मुख्य दुई कारण छन्। प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्नु पहिलो कारण हो। दोस्रो, इन्सुलिन कम वा पर्याप्त मात्रामा उत्पादन भए पनि शरीरका सबै कोषले उपयोग गर्न नसक्नु हो।

ग्लुकोजको मात्रा रक्तकोषमा वृद्धि हुने मुख्य दुई कारण छन्। प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्नु पहिलो कारण हो। दोस्रो, इन्सुलिन कम वा पर्याप्त मात्रामा उत्पादन भए पनि शरीरका सबै कोषले उपयोग गर्न नसक्नु हो।

रगतमा जम्मा भएको ग्लुकोजको परिमाणअनुसार इन्सुलिन नामक हर्मोन उत्पादन हुन्छ। यी दुईबीच प्रत्यक्ष समानुपातिक सम्बन्ध छ। ग्लुकोज बढेमा इन्सुलिन पनि बढी र ग्लुकोज कम भएमा इन्सुलिन पनि त्यही अनुपातमा उत्पादन हुन्छ। शरीरमा इन्सुलिन उत्पादन हुने नसक्ने अवस्थालाई पहिलो प्रकारको मधुमेह भनिन्छ। यस प्रकारमा पर्ने बिरामीलाई इन्जेक्सनमार्फत बाहिरी इन्सुलिन दिइन्छ। इन्सुलिन कम वा पर्याप्त उत्पादन हुने तर शरीरले प्रयोग गर्न नसक्नु भनेको दोस्रो प्रकारको मधुमेह हो। यसमा औषधिको सेवनबाट उपचार गरिन्छ। मधुमेहका रोगीहरूलाई ग्लुकोजको मात्रा सामान्य राख्न क्रियाशील जीवनशैली अपनाई खानपिन र व्यायाममा विशेष ध्यान राख्नु पर्दछ।

परिवारले गर्ने सहयोग र सद्भाव जहिले पनि अतुलनीय रहन्छ। घरमा राम्रो व्यवहार र बोलीबचनले बिरामीलाई हौसला प्रदान गर्दछ। घर किचलोले तनाव बढाउँछ भने प्रत्यक्ष असर रोगीमा देखिन्छ।

सन् २०२१ मा १००औं वार्षिक उत्सव पर्दछ। इन्सुलिन पत्ता लगाउने चिकित्सक सर फ्रेडेरिक बान्टिङगको जन्म दिन नोभेम्बर १४ तारिख पर्ने भएकाले सो दिनलाई विश्व मधुमेह दिवसको रूपमा मनाइने गरिएको हो। यो दिवस प्रत्येक वर्ष फरकफरक नाराका साथ सम्पन्न गरिन्छ। यस वर्ष मधुमेहको देखदेखमा पहुँच भन्ने नारा छ। नाराले अलिक पृथक् र महत्त्वपूर्ण अर्थ राख्छ। भनिन्छ, रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु नै बुद्धिमान् हो। तर सक्दो सावधानी अपनाउँदा पनि मधुमेह हुनसक्छ। यस्तो अवस्थामा हेरचारमा ख्याल गरी निको हुने वा जटिलता हुनबाट बच्नु, त्यो झन् बुद्धिमानी मानिन्छ। मधुमेहले न त जात, धर्म, भुगोललाई छुट्टयाउँछ न त वर्गलाई नै। मधुमेहको रोगी भइयो, अब केही गर्न सकिँदैन भनेर निष्क्रिय भएर बस्ने कदापि होइन। यसो गरेमा स्वास्थ्यमा जटिलता उत्पन्न भई अन्य रोगले सजिलै आक्रमण गर्न सक्छ।

विशेष ख्याल राख्नुपर्ने कुरा
दैनिक : ग्लुकोज जाँच गर्ने, खुट्टाहरू सुनिएको छन् वा छैन हेर्ने, नियमित औषधि वा इन्सुलिन लिने, आवश्यक अनुरूप शारीरिक व्यायाम गर्ने। साथै खानेकुरामा विशेष ध्यान दिनुपर्छ।

प्रत्येक तीन महिना : एआईसी जाँच गर्ने, ब्लड प्रेसर र शरीरको तौल नापी सो बमोजिम औषधि परिवर्तन गर्नेबारे चिकित्सकसँग परामर्श लिनुपर्छ।

प्रत्येक ६ महिना : दाँत र एआईसी परीक्षण गरी चिकित्सकसँग आवश्यक परामर्श लिने गर्दा उचित रहन्छ।

प्रत्येक वर्ष : फ्लुको खोप, मिर्गौला, कोलस्ट्रोल, आँखा र कानको जाँच गराउँदा आइपर्ने जटिलताबाट बच्न सकिन्छ।

यदि बिरामीको उमेर ६० वर्ष भन्दामाथि भएमा निमोनिया र हेपाटाइटिस बीको खोप लगाउने र आवश्यक परेमा मानसिक अवस्थाको जाँच गर्नुपर्ने हुन्छ। ग्लुकोजको मात्रा नियन्त्रण हुन नसक्दा आँखा, मिर्गौला, मुटुजस्ता अंगहरूमा खराबी देखिन सुरु हुन्छ। जसका कारण मृत्यु हुने गर्दछ। विश्वभर सन् २०१९ सम्म ४६ करोड ३० लाख मधुमेहका बिरामी भएको डब्लूएचओको तथ्यांकले जनाउँछ। विश्वभर यस रोगका बिरामीको रेखदेखमा पुग्ने पहुँचमा समानता अवश्य पनि नरहेको अवस्था छ। सम्पन्न तथा विपन्न राष्ट्रहरूका बिरामीको रेखदेखमा पुग्ने पहुँच आकाश–जमिनको फरक छ। आर्थिकरूपले बलिया देशहरूमा रोगीलाई स्वास्थ्य बिमा, हेरचार केन्द्र तथा आधुनिक प्रविधिले ल्याएको आमुल परिवर्तनले जीवनशैली सुलभ छ। पिछडिएका राष्ट्रका रोगीहरूको जीवनशैली त्यसको ठीकविपरीत छ। न त समयमा औषधि–उपचार पाउँछन्, न त पाएको उपचार सबै प्रभावकारी हुन्छ। मधुमेह एकदमै संवेदनशील रोग हो। जसमा ग्लुकोजलाई काबुमा राख्न सक्नुपर्ने हुन्छ। नत्र यसबाट निम्तिने जटिलताहरू भयावह हुन्छन्। यस रोगका धेरै बिरामी आर्थिक अभावका कारण आवश्यक सुविधाको पहुँचबाहिर भएकाले अकालमा मृत्युवरण गर्न बाध्य छन्। आर्थिक रूपले कमजोर मुलुकका नागरिकलाई मधुमेहको स्याहारमा पुर्‍याउन सकिने सुविधाको उपलब्ध गराउने बारेमा आवाज उठाउनु अपरिहार्य देखिन्छ। यसरी सम्पन्न व्यक्ति वा राष्ट्रले विपन्न व्यक्तिहरूलाई गरिने सहयोगबाटै विश्वभरका मधुमेह रोगीको उपचारमा पहुँच पुग्ने छ।

सबैको पहुँच पुर्‍याउने ?
संसारभर रहेका मधुमेहका रोगीहरूले अति आवश्यक औषधि तथा उपचार समानरूपमा पाइरहेका छैनन्। सम्पन्न मुलुकका मानिस शिक्षित र रोजगारी हुने हुनाले धेरै सचेत र उपचारमा पनि सजिलै पहुँचभित्र हुन्छन्। पिछडिएका देशका बासिन्दा जो शिक्षा तथा रोजगारबाट वञ्चित छन्। तिनीहरूको स्थिति कहालीलाग्दोे छ। निम्न प्रकारका कार्यक्रमहरूबाट मधुमेहको हेरचाहमा सबैको पहुँच पुग्ने ठहर गरिएको छ।

जनचेतनासम्बन्धी कार्यक्रम
यस रोगका बिरामीलाई दीर्घकालीन हेरचाहका लागि जनचेतना फैलाउने कार्यक्रमको आयोजना गर्नु जरुरी हुन्छ। मधुमेहलाई काबुमा राख्ने र आइपर्ने जटिलताबाट बच्ने उपायसम्बन्धी कार्यक्रमहरू सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन, सेमिनार, गोष्ठी आदिमार्फत नियमितरूपले भएमा रोगीलाई राहत मिल्छ। सरसफाइ, खानापिन, ब्यायाम, नियमित गरिनुपर्ने क्रियाकलाप बारेमा जानकारी दिन सके समस्याहरूलाई निराकरण गर्न सकिन्छ। अझ घर वा टोलमा गएर चेतनामूलक कार्यक्रमहरू गर्न सके झनै प्रभावकारी हुन्छ।

सुलभरूपमा औषधि तथा उपचार
सरकारले बाहिरी अनुदान वा आफ्नो राष्ट्रकै खर्चबाट भए पनि मधुमेहका रोगीहरूलाई अपचारमा सहुलियत दिने व्यवस्था मिलाउनुपर्ने हुन्छ। आर्थिक कमजोर रोगीहरूलाई आयातित औषधिमा भन्सार छुट र सरकारी अस्पतालमा उपचार खर्च निःशुल्क मात्र गरिदिएको खण्डमा आर्थिक भार कम पर्ने गर्छ। सरकारको तर्फबाट स्वास्थ्य भत्ता उपलब्ध गराई दिए अझ रामो हुनेछ। राष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाको संयुक्त प्रयासबाट रोगीलाई उपचारमा सहयोग भएमा मृत्युदरलाई न्यूनीकरण गर्न सकिन्छ।

च्यारिटीहरू आयोजना
विपन्न परिवारका रोगीहरूलाई मधुमेहको रेखदेखमा लाग्ने आर्थिक भार थामी नसक्नु हुन्छ। नियमित इन्सुलिन वा औषधिको सेवन र रेखदेखका लागि परिवारको समय व्यथित हुँदा झनै खर्चिलो हुन्छ। त्यसैले सामान्य औषधि खर्च कुनै संघसंस्था वा चन्दा संकलन गरी नियमित रूपमा उपलब्ध गराउन सके मात्रै पनि केही हदसम्म रेखदेखमा सेवा पुग्नेछ।

सुमधुर पारिवारिक सम्बन्ध
आर्थिक रूपले बलियो तर पारिवारिक सम्बन्ध कमजोर भएको अवस्थामा मधुमेहका रोगीहरूलाई चाहिने स्याहारमा कमी रहन्छ। परिवारले गर्ने सहयोग र सद्भाव जहिले पनि अतुलनीय रहन्छ। घरमा राम्रो व्यवहार र बोलीबचनले बिरामीलाई हौसला प्रदान गर्दछ। घर किचलोले तनाव बढाउँछ भने प्रत्यक्ष असर रोगीमा देखिन्छ। सदस्यको प्रत्यक्ष निगरानीमा गरिने उपचार जस्तैः सरसफाइ, समयमा औषधि, उचित खानपिन, डाक्टरसँगको भेट र परामर्श आदि क्रियाकलाप बारम्बार गरिरहनुपर्ने हुन्छ। जुन शारीरिक अवस्थामा कमजोर बिरामीबाट असम्भव देखिन्छ।

लेखक मधुमेहमा अनुसन्धान गरिरहेका वरिष्ठ वैज्ञानिक अधिकृत हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.