रोल्पामा जीप दुर्घटना: तीनजनाको मृत्यु, तीन घाइते

रोल्पामा जीप दुर्घटना: तीनजनाको मृत्यु, तीन घाइते

दाङ : रोल्पामा आइतबार बिहान ११ बजेतिर जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । थप तीनजना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएको छ। दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रोल्पा प्रहरी प्रमुख डीएसपी नरेशराज सुबेदीले मृतकको पहिचान भइनसकेको जानकारी दिए। जीपमा ६ जना यात्रु भएको हुनसक्ने सुबेदीले जानकारी दिए। उनका अनुसार प्रहरीले दुर्घटनास्थलमा खोजी कार्य जारी राखेको छ ।

माडी गाउँपालिका ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.