चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेट्ने, यस्तो छ कार्यतालिका

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेट्ने, यस्तो छ कार्यतालिका

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु सोमबार भेटवार्ता हुने भएको छ। चीनबाट अपरान्ह काठमाडौं आउने ली चानसुको टोलीलाई सभामुख सापकोटाले साँझ ५ बजे संसद भवनमा स्वागत गर्ने कार्यतालिका रहेको छ।

उनीहरुबीच ५:२० बजेदेखि छलफल हुनेछ। एक घन्टा चल्ने छलफलमा दुई देशबीच विभिन्न विषयमा हस्ताक्षर हुने बताइएको छ। हस्ताक्षर हुने विषय भने खुलाइएको छैन। ली चानसु त्यसपछि सोल्टी होटल फर्किनेछन्।

साँझ ७ बजे सभामुख सापकोटा सोल्टी जाने कार्यक्रम रहेको छ। चानसुको सम्मानमा सापकोटाद्वारा आयोजना गरिएको रात्रिभोज ७:३० बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ। 

भोलि मंगलबार ली चानसुको कार्यतालिका ९ बजेदेखि सुरु हुनेछ। सोल्टीबाट उनी सिधै बानेश्वरस्थित संसद भवन आउनेछन्। ९:१५ पछि राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटवार्ता हुने कार्यक्रम छ। लगत्तै १० बजे नेकपा एमाले अध्यक्ष केपी शर्मासँग भेटवार्ता हुनेछ भने १०:४५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग चानसुले भेटवार्ता गर्नेछन्। 

१२:३० बजे होटल फर्किएपछि केही समय आराम गर्ने र भोलि नै ३ बजे सोल्टी होटलमै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय भएको छ। 

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भोलि नै भेट्ने कार्यतालिका रहेको छ। त्यसका लागि ली चानसु भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्। प्रधानमन्त्रीसँग आधा घन्टा शिष्टाचार भेटवार्ता भएपछि उनी होटल फर्किनेछन्।

त्यस्तै पर्सी बुधबार ली चानसु भक्तपुर जाने कार्यक्रम रहेको छ। उनी त्यसका लागि ९:३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। दुई घन्टाको 'साइट सीन'पछि उनी होटल फर्किनेछन्। 

ली चानसुले पर्सी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि उनी ४ बजे महारागन्जस्थित शीतल निवास पुग्नेछन्। चार दिने भ्रमणका लागि काठमाडौं आउन लागेको ली चानसु नेतृत्वको टोली बिहीबार चीन फर्किने कार्यक्रम रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.