उपमहानगरका छाडा गाईगोरु व्यवस्थापन गरिने

उपमहानगरका छाडा गाईगोरु व्यवस्थापन गरिने

घोराही : घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा छाडिएका गाईगोरुको व्यवस्थापन सुरु गरेको छ । घोराही उपमहानगरपालिका १२ हापुर बिजौरीमा रहेको स्वास्तिक कृषि सहकारी संस्थाले छाडा गाईगोरु जिम्मा लिने गरि प्रकृया अगाडी बढाएको छ ।

मंगलबार उपमहानगरपालिकामा दुबै पक्ष बिच भएको पहिलो चरणको छलफलबाट १० दिन भित्र सहकारीले छाडा गाईगोरु पालन सम्बन्धि बिस्तृत योजना सहितको प्रस्ताव ल्याउने सहमति भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको छलफलमा सहकारीका अध्यक्ष विमलकुमार न्यौपानेले छाडा गाईगोरु आफुहरुले पालन गर्ने र उपमहानगरले व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्नुपर्ने बताए ।

घोराही र नारायणपुर बजार क्षेत्रमा ४० बढी गाईगोरु छाडा रहेको अनुमान गरिएको छ । अब सहकारी संस्थाले ल्याउने प्रस्ताव सहितको योजना अनुसार माघको पहिलो साता सबै गाईगोरुको उचित व्यवस्थापन गरिने नगर प्रमुख चौधरीले बताए । छाडा रहेका पशुले दुर्घटना गराएको, आवतजावतमा समस्या पारेको, तरकारी तथा फलफुल खाईदिने गरेको, नगरको सुन्दरतामा ह्रास ल्याएको भन्दै नगर प्रमुख चौधरीले छाडा गाईगोरुको व्यवस्थापन र दिर्घकालिन फाईदाको सोच बनाएर अघि बढेको उनको भनाई छ ।

छलफलमा नगर उपप्रमुख सीता न्यौपाने, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का रमेशकुमार पाण्डे, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, शाखा अधिकृत सुबोध रेग्मी र सहकारीका प्रतिनिधीको सहभागिता रहेको मेयरका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.