म्याग्दीको भुरुङ तातोपानीमा बाढी, ९ घरमा क्षति

म्याग्दीको भुरुङ तातोपानीमा बाढी, ९ घरमा क्षति

बेनी–जोमसोम सडक अवरुद्ध

बेनीः म्याग्दीको अन्नपूर्ण–२ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढी आउँदा ९ घरमा क्षति पुगेको छ । बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा तीन घर पूर्ण र ६ घर आंशिक रुपमा क्षति पुगेको सीमा प्रहरी चौकी भुरुङतातोपानीले जनाएको छ । 

प्रहरीका अनुसार, स्थानीय बालकृष्ण मिजार र लट्टे गिरिको घर पूर्ण रुपमा  क्षतिग्रस्त भएका छन् । ‘अर्को एकजनाको घर पनि पूर्ण रुपमा क्षति पुगेको छ’, चौकीका प्रहरी निरिक्षक नेत्रप्रसाद पोखरेलले भने, ‘सबै विवरण संकलन गर्दैछौँ ।’ 

प्रहरीका अनुसार, पूर्ण क्षति भएका तीन घर सबै जस्तापाताले निर्माण गरिएका हुन् । घरभित्र बाढी पसेपछि सर्वसाधारणको अन्न, लत्ताकपडा र भाँडाकुँडा भिजेका छन् ।

प्रनि पोखरेलले बाढीमा कुनै मानवीय क्षति नरहेको जानकारी दिए ।  आइतबार दिउँसो ३ बजे भीषण बर्षाका कारण बजार नजिकैबाट बग्ने खहरेखोला थुनिँदा बजारभित्र बाढी पसेको वडाअध्यक्ष ओमप्रसाद फगामीले जानकारी दिए  । 

‘करिब डेढ घण्टा भीषण पानी परेको थियो । बस्ती बग्ने खोलालाई माथिबाट कुलोको माध्यमबाट निकासा दिएका थियौँ । तर कुलोको मूख्य भागमै थुनिएपछि बाढी बस्तीमा पसेको हो’, उनले भने । 
                
‘बेनी–जोमसोम सडक अवरुद्ध’

भीषण बर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्र्तगत विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । दानाका पर्यटन व्यवसायी इन्द्रसिङ शेरचनले दानास्थित घट्टेखोला, दानाकै काभ्रे र बेगखोलामा बाढी आएका कारण सडक अवरुद्ध बनेको जानकारी दिए । 

‘तीन ठाउँमा बाढी र पहिरो झरेपछि अहिले यातायात ठप्प बनेको छ’, उनले भने । बेनी–जोमसोम सडक अहिले स्तरोन्नति कार्य जारी छ । काभ्रेमा सडक फराकिलो बनाउन लगाईएको पर्खाल नै भत्किएको बताइएको छ । 

त्यस्तै दानास्थित घट्टेकुलोमा बाढीले निर्माणधिन पुलमा समेत क्षति पुर्या‍एको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि मुक्तिनाथ दर्शनमा आउने–जाने भक्तजनहरु समस्यामा परेको व्यवसायी शेरचनले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.