गठबन्धनबाट विराटनगरको मेयर, उपमेयरमा उम्मेदवारी दर्ता

गठबन्धनबाट विराटनगरको मेयर, उपमेयरमा उम्मेदवारी दर्ता

विराटनगर : विराटनगर महानगरपालिकाका लागि सत्तागठबन्धन दलबाट विराटनगरको मेयर र उपमेयरमा मनोनयन दर्ता भएको छ । मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले मनोनयन दर्ता गराएका हुन  ।

मनोनयन दर्ता गर्दै कोइरालाले विराटनगरवासी सन्तुष्ट भएको हेर्न चाहेको बताए । कोइराला मोरङ कांग्रेसका उपसभापति हुन् भने यादव जसपा विराटनगरका अध्यक्ष हुन् । यसअघि  विराटनगरको मेयरमा नेपाली कांग्रेस वीपीबाट रामचन्द्र गौतम र उपमेयमा माया ओझाले मनोनयन दर्ता गरेका थिए ।

मनोनयनको पहिलो दिन आइतबार मेयरमा ३ जनासहित ५६ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए  ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.