सत्ता गठबन्धनमा चुनावी तालमेलको सम्भावना कति ?

सत्ता गठबन्धनमा चुनावी तालमेलको सम्भावना कति ?

काठमाडौं:  चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन्। तर, कांग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्ने अडानमा छ।

वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा गठबन्धनभित्र चुनावी तालमेलको विषय तीव्र बहसको विषय बनेको छ। शीर्ष नेताहरु चुनावी तालमेल गर्न एकमत देखिन्छन्। तर, अहिलेसम्म संस्थागत निर्णय हुन सकेको छैन।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गर्छन्। ‘आगामी निर्वाचनमा हामी मिलेरै जाने हो, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ, त्यहाँ मिल्ने हो,’ आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी तालमेलबारे नेपालले बताए।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा चुनावमा गठबन्धन हुने र प्रतिगमनलाई परास्त गर्ने बताएका थिए। चुनावी तालमेललाई लक्षित गरेर तयारी थाल्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए।

गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादीका शीर्ष नेता र कांग्रेस सभापतिले हरेक कार्यक्रममा चुनावी गठबन्धन हुने दाबी गर्दै आएका छन्। तर, प्रमुख सत्तारुढ कांग्रेसभित्र अधिकांश मत चुनावी तालमेलको विपक्षमा छ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबारमात्रै सत्ता गठबन्धनलाई असर पर्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए। आफूनिकट नेता कार्यकर्तालाई देउवाले सम्भव भएका ठाउँमा तालमेल गरिने बताउने गरेका छन्।

गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादीका शीर्ष नेता र कांग्रेस सभापतिले हरेक कार्यक्रममा चुनावी गठबन्धन हुने दाबी गर्दै आएका छन्। तर, प्रमुख सत्तारुढ कांग्रेसभित्र अधिकांश मत चुनावी तालमेलको विपक्षमा छ।

यसैकारण सार्वजनिक फोरममा कांग्रेसले चुनावी तालमेल के हुन्छ भन्ने प्रश्नको निरन्तर सामना गरिरहेको छ। बुधबार स्थानीय तह केन्द्रीत चुनावी अभियान घोषणा गर्न पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पनि यो प्रश्नले कांग्रेसलाई पछ्यायो। लामो समयदेखि चुनावी गठबन्धन प्रश्न टार्दै आएको कांग्रेसले बुधबार मुख खोल्यो। जवाफ दिन सानेपामा सभापति देउवामा अतिनिकट विश्वासपात्र उपसभापति पूर्णबहादुर खड्का उपस्थित थिए।

खड्काले चुनावी तालमेलबारे अहिलेसम्म ठोस निर्णय नभएको बताए। ‘तालमेलका विषयमा सर्वसम्मत निर्णय गर्छौं। अपरिपक्व निर्णय गर्दैनौं। कांग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठकबाटै मात्रै चुनावी तालमेलका बारेमा निर्णय हुन्छ,’ उनले भने।

उनले गठबन्धनको बैठक नियमित बसे पनि चुनावी तालमेलबारे केही पनि निर्णय नभएको भन्दै माधव नेपालको भनाइ खण्डन गरे। ‘गठबन्धनको बैठक नियमित बस्छौं। विभिन्न एजेण्डामा छलफल हुन्छ। निर्वाचनमा सँगै जाने नजानेबारे कुन नेताले कहाँ के तरिकाले बोल्नुहोला। कांग्रेसको दृष्टिकोण अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय आउँछ। कांग्रेस अलमलिदैंन,’ सत्ता गठबन्धनको बैठकमा नियमित उपस्थित हुँदै आएका खड्काले भने। खड्काले गठबन्धनमा भएका दलहरू पहिलो चरणमा जनताको बीचमा जाने र जनचाहना तथा पार्टीको ग्राउन्ड बुझेपछि यसबारे सर्वसम्मत निर्णय हुने बताउँछन्।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत निर्वाचनसम्म गठबन्धन सँगसँगै जाने भए पनि निर्वाचन प्रक्रियामा गठबन्धनले के गर्ने अझै निर्णय नभएको बताउँछन्। उनले भने, ‘निर्वाचनमा उम्मेदवार उठाउने समय आउँछ। हरेक पार्टीले आफ्ना उम्मेदवार उठाउँछन्। जे गर्दा बढीभन्दा बढी सिट जितिन्छ, त्यही अनुरुप पार्टीले दृष्टिकोण बनाउँछौं। निर्वाचनसम्म गठबन्धन सँगसँगै जान्छ। निर्वाचन प्रक्रिया आएपछि त्यसअनुसार अघि बढ्छौं।’

कांग्रेसभित्र उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता मीनेन्द्र रिजाललगायत चुनावी गठबन्धनको सशक्त विरोधमा छन्। महामन्त्री थापाले त एक्लै चुनाव लडे १५५ सीटमा जित्ने र गठबन्धन गरे ७० सीटमा खुम्चिने अनुसन्धानको नतिजा नै सार्वजनिक गरेका छन्।

संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला त जनवर्गीय, शुभेच्छुक संगठनमा समेत गठबन्धन गर्न नहुने पक्षमा छन्। कोइरालाले केही दिनअघि नेपाल बार एसोसिएसनको निर्वाचनमा कांग्रेसनिकट शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) एक्लै लड्नुपर्ने आह्वान गरेका थिए। अन्य पार्टीका संगठनसँग तालमेल नगर्न आग्रह गरेका थिए। तर उनको आवाज सुनिएन। बार एसोसिएसनको चुनावमा गठबन्धन बनेको छ।

कांग्रेसभित्र उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता मीनेन्द्र रिजाललगायत चुनावी गठबन्धनको सशक्त विरोधमा छन्। महामन्त्री थापाले त एक्लै चुनाव लडे १५५ सीटमा चुनाव जित्ने र गठबन्धन गरे ७० सीटमा खुम्चिने अनुसन्धानको नतिजा नै सार्वजनिक गरेका छन्। गगनको अनुसन्धान नतिजामा झलनाथ खनाल पनि गठबन्धन हुनेमा सशंकित छन्। उनले केन्द्रीय समितिमै बेलैमा विचार पुर्‍याउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

यो परिस्थितिमा औपचारिक रुपमा चुनावी तालमेल हुने सम्भावना नरहेको कांग्रेस नेताहरु बताउँछन्। प्रधानमन्त्रीनिकट एक केन्द्रीय सदस्य कम्युनिस्टहरु मिल्न नदिन तालमेल गरिने तर त्यो घोषित नहुने बताउँछन्। ‘कम्युनिस्टहरु फेरि मिल्छन् कि भन्ने शेरबहादुर दाईको चिन्ता हो। अर्कोतर्फ गठबन्धन पनि जोगाउनुछ। यी दुबै स्थितिलाई ध्यानमा राखेर दाईले उपाय निकाल्नु हुन्छ,’ उनी भन्छन्, ‘मेरो विचारमा अघोषित रुपमा खास खास ठाउँमा तालमेल हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.