विराटनगरमा एमालेले टुंगायो उम्मेदवार : मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की

विराटनगरमा एमालेले टुंगायो उम्मेदवार : मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की

विराटनगर : नेकपा (एमाले)ले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ। विराटनगर–४ का थापा पार्टीको महानगर कमिटी अध्यक्ष हुन्। एमाले मोरङका सचिव रूपेश खतिवडाले पार्टीको केन्द्रीय कमिटीले महानगरमा मेयरको टिकट थापालाई दिने निर्णय गरेको बताए। थापाले २ महिनाअघिदेखि नै पार्टीका तर्फबाट महानगरभित्र चुनावी अभियान चलाइरहेका थिए। 

विराटनगरको मेयरमा एमाले नेताहरु लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए। तर उनीहरुलाई पछि पार्दै थापाले टिकट हात पारेका हुन्। उनले सोमबार दिउँसो मनोनयन दर्ताको तयारी गरेका छन्। 

उपमेयरको उम्मेदवार शिल्पा कार्की

एमालेले विराटनगरको उपमेयरको उम्मेदवार शिल्पा कार्कीलाई बनाउने भएको छ। एमालेले विराटनगरमा मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाए पनि कांग्रेसले भने बाँकी छ। कांग्रेसबाट विराटनगरको मेयरमा भीम पराजुली, अमृत अर्याल, नागेश कोइराला दाबेदार छन्। स्रोतका अनुसार दाबेदारमध्ये कोइरालाको सम्भावना बलियो बनेर गएको छ। 

सत्तारुढ गठबन्धनबाट विराटनगरको मेयर कांग्रेस र उपमेयर जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ। जसपाले पनि उपमेयरको उम्मेदवार यकिन गरिसकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.