पहिरो पन्छाएर छ वर्षपछि सडक सञ्चालन

पहिरो पन्छाएर छ वर्षपछि सडक सञ्चालन

स्याङ्जा : ६ वर्षअघि खसेको लौझाको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको छ । स्याङजा गल्याङ् जिरोदेखि गुल्मीको रुद्रबेणीसम्मको करिब ३५ किलोमीटर सडक खण्ड लौझा भीरमा खसेको पहिराले ६ वर्षदेखि अवरुद्ध थियो । पहिरोका कारण आवतजावत ठप्प थियो । कालीगण्डकी गाउँपालिका वाड नं २ आलमदेवीस्थित लोैझामा पहिरो जाँदा त्यसबेला कालीगण्डकी नदी थुनिएर ताल बनेको थियो ।

स्थानीय र सुरक्षा निकायको पहलमा थुनिएकोस्थल २ दिनपछि खुलाइएको थियो । दैनिक ५÷७ जना सेना र अन्य २०÷२५ जना कामदारले नियमित काम गरेका थिए । सेनाले पहिरो पन्छाएर आवत जावतका लागि सहज बनाएपछि अहिले पर्खाल लगाउनुका साथै ग्वाबिन तार भर्ने काम भइरहेको छ । पहिरो पन्छाउने काम सुरु भएको ५ महिनापछि यातायात सञ्चालनमा आएको हो । सामान्य ट्रयाक खोल्न पनि ५ महिना लागेको हो । अहिले दुबैतर्फबाट यातायातका साधन गुड्न सक्ने अवस्था छ ।

२०६९ साल भदौमा गएको पहिरो नेपाली सेनाले ६ महिना लगाएर पन्छाएपछि स्थानीयवासी हर्षित बनेका छन् । पटक पटक अन्य ठेकेदारलाई जिम्मा दिँदा पनि काम सम्पन्न हुन नसकेपछि सेनालाई सडक निर्माणको जिम्मा दिएको निर्माण कार्यदलका अवकाश प्राप्त प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए । कठिन भौगोलिक अवस्था अनि कडा चट्टान भएकाले पहिरो नियन्त्रण गर्न बायो इन्जिनियरिङ पद्धति प्रयोग गरिएको हो ।

पहिरोका कारण घाँस, दाउरा, डिँडडुल गर्न कठिन भएको थियो । करिब २० मिनेटको यात्रा माथिल्लो बाटोबाट घुमेर जाँदा २ घण्टा भन्दा बढी लाग्ने गर्दथ्यो । अत्यन्त कठिन तथा जोखिमयुक्त काम सेनाले सम्पन्न गरेकोमा गाउँपालिकाका अध्यक्ष खिम थापा दंग भएका छन् । सयौं सवारी साधन र यात्रुले सहज रुपमा यात्रा गर्न पाएका छन् ।

सडक सञ्चालन भएसँगै प्रसिद्ध आलमदेवीको मन्दिरको दर्शन गर्न आउने पर्यटक, कालीगण्डकी गाउँपालिकाका र पाल्पाको सत्यवती गाउँपालिकाका स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत गणेश पौडेलले बताए । ढिलैभए पनि सेनाले जिम्मा लिएर समयमा ठूलो पहिरो पन्छाएकोमा गाउँपालिकाका स्थानीयबासी हर्षित भएका छन् ।

आलमदेवी शाह बंशको उद्गमथलो अर्थात राजपरिवारको कुलदेवताको मन्दिर हो । धर्मकर्मका लागि बाहै्र महिना यहाँ आउने दर्शनार्थीको घुइचो लाग्ने गर्छ । प्राकृतिक तथा धार्मिक पर्यटनमा समेत आलमदेवीको महिमा छ । शक्तिशाली र मनोकांक्षा पूरा हुने भन्दै आलमदेवीको दर्शन गर्न र भाकल पूरा भएको भन्दै आउने भक्तजन सयौंका संख्यामा हुन्छ । वडादशैंको नवदुर्गाका दिन पारेर पूर्वराजपरिवारका कोही न कोही सदस्य यस मन्दिरमा पूजा गर्न वर्षेनी आउने गरेका छन् । वर्षेनी हजारौं व्यक्ति धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक आउने गर्दछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.