उत्कृष्ट पाँच इलेक्ट्रिक कार

उत्कृष्ट पाँच इलेक्ट्रिक कार

काठमाडौं : अटोमोबाइल्स कम्पनीबीच पछिल्लो समय इलेक्ट्रिक गाडी उत्पादन गर्ने होडबाजी चलेको छ । विश्व अटो बजारमा नाम कमाएका चर्चित गाडी उत्पादन कम्पनीले कन्सेप्ट अफ इलेक्ट्रिक कारको अवधारणा अगाडि बढाइसकेका छन् । इलेक्ट्रिक कारले वातावरण स्वछ राख्न मद्दत गर्छ भने सवारी प्रयोगकर्ताका लागि पनि अतिरिक्त खर्च कम हुन्छ । सुरुको लागत भने केही बढी हुन सक्छ । यी हुन् सन् २०१७ मा विश्व बजारमा भित्रिएका उत्कृष्ट पाँच इलेक्ट्रिक कार


रेनोल्ट जोई

यो कार आकर्षक र सुपरमिनी डिजाइनमा तयार पारिएको छ । यसमा चार जनासम्म बस्न मिल्छ । यसले चार सय किलोमिटरसम्म माइलेज दिने गरी ४१ किलोवाटको लिथियम ब्याट्री जडान गरिएको छ । यसले ८८ हर्सपावर र एक सय ६२ एलबी टर्क उत्पादन गर्छ ।

बीएमडब्लू आईथ्री

बीएमडब्लू आईथ्री लक्जरी कार उत्पादन गर्ने कम्पनी हो । कारको भित्री भागमा कार्बन फाइभर र बाहिर आल्मुनियमको स्ट्रक्चर दिइएको छ । यसले एक सय ७० हर्सपावरको शक्ति उत्पादन गर्छ ।

फक्सवागन इ–गल्फ

फक्सवागन इ–गल्फ जमर्नीमा निर्मित इलेक्ट्रिक कार हो । एक सय ४० किलोमिटर अधिकतम गतिमा गुड्न सक्ने कारमा २४.२ किलोवाट लिथियम ब्याट्री प्रयोग गरिएको छ भने एक सय १४ हर्सपावर शक्ति उत्पादन गर्छ ।

होन्डा आयोनिक

होन्डाको इलेक्ट्रिक सेग्मेन्ट कार हो होन्डा आयोनिक । कारमा २८ किलोवाट लिथियम ब्याट्री राखिएको छ । चार घन्टा २५ मिनेट कर पूर्ण रूपमा चार्ज हुन्छ । एक पटक फुल चार्ज भएपछि एक सय ९९ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.