स्लोभेनियाको राजधानी ल्युब्लियानामा सगरमाथा दिवस

स्लोभेनियाको राजधानी ल्युब्लियानामा सगरमाथा दिवस

काठमाडौँ: नेपाली राजदूतावास, भियनाको आयोज र स्लोभेनियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूतावासको सहयोगमा गत मे २९ मा दिन स्लोभेनियाको राजधानी ल्युब्लियानास्थितमा सगरमाथा दिवस कार्यक्रम सम्पन्न भएको छ । 

उक्त समारोहमा तत्कालीन युगोस्लाभियाको आरोहण टोलीमा रही सन् १९७९ मा सगरमाथाको आरोहण गर्ने पहिलो स्लोभेनियाली नागरिक एन्ड्रे स्ट्रेम्फेल, सगरमाथाको आरोहण गर्ने पहिलो युरोपेली महिला मारिया स्ट्रेम्फेलका साथै कीर्तिमानी आरोहीहरु  डाभो कार्निचार, भिक्टर ग्रोसेल लगायतको उपस्थिति थियो । 

स्ट्रेम्फेल दम्पतिले सन् १९९९ मा एकसाथ सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो दम्पत्तिको विश्वकीर्तिमान पनि कायम गरिसकेका छन् । कार्यक्रमको सुरुवातमा स्लोभेनियाली प्राध्यापक अनिता प्रिलोभ्सेकले बाँसुरीमा नेपालको राष्ट्रिय धुन बजाएका थिए । स्थानीय सांस्कृतिक टोलीले स्लोभेनियाको राष्ट्रिय गानका साथै स्लोभेनियाका लोकगीतहरु प्रस्तुत गरेका थिए । 

समारोहमा स्लोभेनियाका पहिलो सगरमाथा आरोही एन्ड्रे स्ट्रेम्फेलले आफ्नो सगरमाथा आरोहणको अनुभव तथा नेपालका हिमालहरुबारेमा श्रव्यदृश्यसहितको प्रस्तुति दिएका थिए । 

कार्यक्रममा मन्तव्य दिँदै स्लोभेन इथ्नोग्राफिक म्युजियमकी निर्देशक तान्या रोजेनबर्गरले सगरमाथा दिवस समारोहको आयोजनामा संग्राहलयको तर्फबाट सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले संग्राहलयले सन् २०१० मा सगरमाथा आरोहणबारे एक प्रदर्शनीको आयोजना गरेको समेत स्मरण गराइन् । 

नेपाली राजदूतावास, भियनाका उप-नियोग प्रमुख अम्बरबहादुर कार्कीले स्लोभेनियाका हिमाल आरोही, पर्यटन व्यवसायी, नेपालका मित्र तथा शुभेक्षुकहरुका साथै विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुसँग नेपालको हिमाल आरोहण तथा पर्वतीय पर्यटनका अनुभव तथा जानकारीहरु आदान प्रदान गर्न सगरमाथा दिवस समारोहको आयोजना गरिएको बताए । 

सगरमाथा दिवस समारोहमा सगरमाथा लगायतका नेपालका हिमाल आरोहण तथा नेपालका प्राकृतिक सुन्दरता झल्कने फोटो प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनीमा स्लोभेनियाली सगरमाथा आरोहीहरुले खिचेका सगरमाथा आरोहण सम्बन्धी तस्वीरहरु समेत राखिएको थियो । 

समारोहमा नेपालका हिमालहरुको आरोहण गरेका विभिन्न स्लोभेनियाली आरोहीहरु, पर्वतीय चलचित्र निर्माणसँग संलग्न व्यक्तित्वहरु, स्लोभेनियाका विभिन्न सरकारी निकाय तथा पर्यटन सँग सम्बद्ध निकाय तथा संग्राहलयका पदाधिकारीहरु, नेपालमा विद्यालय शिक्षा तथा पर्वतारोहण प्रशिक्षण लगायतमा सहकार्य गरिरहेका स्लोभेनियाली व्यक्तित्वहरु, पर्वतारोहण तथा नेपालप्रति रुची राख्ने स्लोभेनियाली सर्वसाधारणका साथै स्लोभेनियामा रहेका नेपाली समुदायको पनि उपस्थिति रहेको थियो । 

नेपाली राजदूतावास भियनाको तर्फबाट उप-नियोग प्रमुख अम्बर बहादुर कार्की र सहचारी कुलचन्द्र अर्यालले सहभागिता जनाउनुभएको उक्त समारोहमा उपस्थित महानुभावहरुलाई स्लोभेनियास्थित नेपाली अवैतनिक महावाणिज्यदूत अश्विन कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै स्लोभेनियामा पहिलोपट आयोजना भएको सगरमाथा दिवसले पर्वतारोहण पर्यटनको क्षेत्रमा नेपाल र स्लोभेनियाबीच सहकार्यको सुरुवात गरेको बताए । 

२९ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको स्मृतिमा मे २९ मा सगरमाथा दिवस मनाउने गरिएको छ ।     


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.