मकाउमा आत्महत्या प्रयास गरेका थिङले, पाए क्षतिपूर्ति

मकाउमा आत्महत्या प्रयास गरेका थिङले, पाए क्षतिपूर्ति

मकाउ : अघिल्लो साता आत्महत्याको प्रयासपछि गम्भीर घाइते नुवाकोटका ईश्वर थिङले क्षतिपूर्ति पाएका छन्। थिङलाई उनले काम गर्ने कम्पनी ग्लोबल सेक्युरिटीले झन्डै नौ लाख बराबरको क्षतिपूर्ति दिएको हो। 

उनलाई क्षतिपूर्ति दिलाउन हङकङ र मकाउका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउकी अध्यक्ष शान्ति अधिकारी र चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापालगायतले पहल गरेका थिए। 

रोजगारीका लागि मकाउ पुगेका थिङमाथि कम्पनीका सिनियर कर्मचारीले दुव्र्यवहार गरेपछि आफू बसेकै कोठामा आत्महत्या प्रयास गरेका थिए। बेहोस् अवस्थामा उनलाई त्यहाँको प्रहरीले उद्धार गरेको थियो। घाइते थिङको स्थानीय सान्त्याङ अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीले कसैलाई भेट्न नदिएपछि महावाणिज्य दूत भट्टराई हङकङबाट मकाउ पुगेका थिए। वाणिज्य दूत भट्टराईसहित एनआरएन मकाउकी अध्यक्ष अधिकारी र चेम्बर अफ कमर्स मकाउका अध्यक्ष थापालगायतले गत शनिबार अस्पताल थिङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। 

थिङको घाटीको नसा च्यापिएकाले उनी अझै बोल्न सक्दैनन्। उनले लेखेर संवाद गरेको महावाणिज्य दूत भट्टराईले जानकारी दिए।

थिङलाई विशाल थपलिया र युजाराज न्यौपानेले १२ लाख रकम लिएर मकाउ लगेका थिए। उनलाई मकाउ पुर्याउने मध्ये युजाराज एनआरएन मकाउका कोषाध्यक्ष हुन्। कोषाध्यक्ष न्यौपानेलाई एनआरएनले पद मुक्त गरिसकेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.