पार्टी रूपान्तरणका लागि हेटौंडा घोषणापत्र जारी गर्ने तयारी

पार्टी रूपान्तरणका लागि हेटौंडा घोषणापत्र जारी गर्ने तयारी

 हेटौंडा : निर्वाचनमा पराजयपछि डाकिएको कांग्रेसको जिल्ला सभापति भेला शुक्रबारसम्म लम्बिएको छ । शुक्रबार हेटौंडा घोषणापत्र जारी गर्ने तयारी गरिरहेको भेलाले पार्टी रूपान्तरणको घोषणा गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘सभापति भेलाले मुख्य रूपमा पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म रूपान्तरणको घोषणा गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘कांग्रेसले पार्टीभित्र अनुशासन कसरी कायम गर्ने र केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहको सरकारसँग प्रतिपक्षीका रूपमा कसरी प्रस्तुत हुने भन्ने समेत घोषणापत्रमार्फत बोल्ने छ ।’

पार्टी रूपान्तरण गर्न केन्द्रदेखि स्थानीय तहसम्म पुनर्गठन गर्ने पनि कांग्रेसले जनाएको छ । शर्माका अनुसार रूपान्तरणका लागि आवश्यक पर्ने विधान संशोधन कांग्रेसले आउँदो महासमिति भेलाबाट गर्ने छ । तर महासमिति भेला भने अझै अनिश्चित छ ।

बिहीबार साँझसम्म जिल्ला सभापतिहरूले बोल्ने क्रम नसकिएपछि भेला निर्धारित समयभन्दा एक दिन पर सरेको हो । बन्द सत्रमा बुधबार र बिहीबार जिल्ला सभापतिहरूले आ–आफ्ना धारणा राखेका थिए । शुक्रबार बिहान सभापतिहरूले प्रादेशिक स्तरमा प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।

प्रादेशिक स्तरको प्रतिवेदन पेश भएपछि पार्टी सभापति शेरबहादुर देउवाले भेलामा उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ । ‘त्यसपछि भेलाको समापन कार्यक्रम हुनेछ’, प्रवक्ता शर्माले भने, ‘शुक्रबार बिहानसम्म हेटौंडा दस्तावेज तयार हुनेछ ।’

बन्द सत्रमा बोल्ने अधिकांश जिल्ला सभापतिहरूले पार्टी रूपान्तरणको प्रक्रियामा जानुपर्ने र केन्द्रीय नेतृत्वमा एकता देखिनुपर्नेमा जोड दिएका थिए ।

हिन्दू राष्ट्रका पक्षमा समेत आवाज

भेलामा आधा दर्जन जिल्ला सभापतिले कांग्रेस हिन्दु राष्ट्रका पक्षमा जानु पर्ने धारणा राखे । पर्सा, दाङ, अछाम, डडेलधुरासहित ६ जिल्ला सभापतिले धर्मनिरपेक्षताको विरोध गरेका हुन् ।

प्रवक्ता शर्माले केही सभापतिहरूले हिन्दु राष्ट्रबारे धारणा राखेको स्विकारे । उनले भने, ‘हामीले बोल्न निषेध गरेका थिएनौं । केही सभापतिले हिन्दु राष्ट्रका पक्षमा पनि बोल्नुभएको थियो । तर हामीले संविधानले गरेको व्यवस्थालाई चुनौती दिने काम गर्दैनौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.