अध्यक्ष हुँदा सुरु गरेका योजना पूरा गर्दै मेयर

अध्यक्ष हुँदा सुरु गरेका योजना पूरा गर्दै मेयर

ओखलढुंगाः  जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठ ०५४ सालको स्थानीय चुनावमा साविक ओखलढुंगा गाविसका अध्यक्ष थिए।सदरमुकाम समेत रहेको गाविसको विकासका लागि उनले त्यो बेला प्रथामिकतामा राखेर थालेका केही योजना अझैं अधुरा छन्।  

अहिले उनी तीनै आफू गाविस अध्यक्ष हुँदा सुरु गरेका अधुरा योजना पूरा गर्ने योजनामा छन्। श्रेष्ठले अहिले सफा, सुन्दर र हराभरा बनाउने उबेलाकै नारा समातेका छन्। ०५४ सालमा उनले थालेका ऐतिहासिक ओखलढुंगालाई पर्यटकीय स्थल बनाउने, सदरमुकाममा ढल व्यवस्थापन गर्ने र खानेपानी घर घर पुर्‍याउनने योजना पूरा भएका थिएनन्।

अध्यक्षको कार्यकाल सकिएपछि ती योजना पूरा नहुँदै अलपत्र परे।स्थानीय तहको पुनः संरचनापछि साविकका ११ गाविस मिलाएर बनेको सिद्धिचरण नगरपालिकाको मेयरमा ०७४ असारमा निर्वाचित भएपछि श्रेष्ठले पहिले आफूले थालेका योजना पूरा गर्न लागिपरेका छन्। 

पहिले गाविस अध्यक्ष हुँदा थालिएका महत्वूर्ण योजना अहिलेसम्म पनि पूरा नभएको र नागरिकको आवश्यकता त्यतै रहेकाले पुरानाको जगमा विकासका काम थालिने श्रेष्ठले बताए। भने,' २० वर्ष पहिले थालिएका महत्वपूर्ण योजना अलपत्र नै थिए, ति योजना अहिले पनि मुख्य आवश्यकता भएकाले पूरा गर्ने योजनामा छु।'

सदरमुकाम सफा राख्न ढल व्यवस्थापन, ऐतिहासिक ओखलढुंगा संरक्षण र खानेपानी व्यवस्थापन अहिले पनि सदरमुकामका चुनौति छन्। खानेपानी त पहिले बिजुलीजस्तो लोड सेडिङ गरेर वितरण गर्नुपर्ने बाध्यता छ। 

यस्ता समस्या समाधान गर्न अब नगरपालिकाका नीति तथा कार्यक्रममा ध्यान दिइने जनाकारी दिए। भने, 'तत्कालीन जिविसमा सदरमुकामका योजना माग गर्दा कसैले सुनेन, अहिले आफू मेयर भएपछि ती कुरामा पनि ध्यान दिएको छु।'

श्रेष्ठ मेयर भएपछि ढल व्यवस्थापन गर्न नाली मर्मत, ऐतिहासिक ओखलढुंगा क्षेत्रमा पूर्वाधार निर्माण तथा खानेपानी व्यवस्थापनका काम सुरु भएका छन्।सह लगानीमा नगरक्षेत्रका अत्यावश्यक स्थानमा पुग्ने गरी खानेपानी योजना पनि सुरु भएको छ। 

पहिले थालेका महत्वपूर्ण र अत्यावश्यक कुरा पूरा गर्ने र वर्तमान आवश्यकता र महत्वका आधारमा विकासका योजना बनाइने नगरपालिकाले जनाएको छ। 

 

२० वर्ष पछि पनि उस्तै माग

ओखलढुंगामा २० वर्ष पहिले गाडीको कल्पना गरिएको थिएन। त्यसैले अहिलेजस्तो घरघरै सडक खन्ने माग आउँदैनथ्यो। त्यो बेला आउने माग सम्झदै श्रेष्ठ भन्छन्, 'त्यो बेला सडकको कल्पनै थिएन, थोरै बजेट हुन्थ्यो, खानेपानीका पाइप, योजना र बिजुली माग्नेको भीड हुन्थ्यो।'

नगरपालिकामा अहिले भने सडक खन्ने मुख्य माग छ। त्यसपछि त्यो बेला आउने माग खानेपानी र बिजुली विस्तारको उही माग रहेको छ। नगरपालिकाले ग्रामीण विद्युतीकरणलाई पनि मुख्य प्रथामिकतामा राखेको पूर्वाधार विकास समितिका संयोजना केदारबाबु वस्नेतले जनाए। उनले भने, 'सडक विस्तारै गाउँगाउँमा पुगेकाले मर्मत गरेर सुचारु गर्ने, खानेपानी तथा ढल व्यवस्थापन र विद्युतीकरण नगरपालिकाको मुख्य योजना रहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.