मधुवनका आगलागी पीडितलाई ग्यास चुल्यो वितरण

मधुवनका आगलागी पीडितलाई ग्यास चुल्यो वितरण

धरान : आगलागीबाट घरबारबिहीन भएका सुनसरीको बराहनगरपालिका-११ स्थित मधुवनका आगलागी पीडितलाई सिलिण्डरसहितको ग्यास चुल्यो वितरण गरिएको छ। मधुवन प्रकाशपुर सरोकार समाजको अगुवाईमा इनरुवामा संकलन गरिएको राहत रकमबाट पीडितलाई सिलिण्डरसहित ग्यास चुल्यो वितरण गरिएको हो। 

समाजका सदस्य दिनेश गौतमको पहलमा पीडित ३६ घर परिवारलाई सिलिण्डरसहितको ग्यास चुल्यो वितरण गरिएको हो।आगलागीमा परी धनसम्पत्ति गुमाएका पीडित घटनापश्चात दाउरामा खाना पकाएर खाँदै आएका थिए। आगलागी पीडितलाई सान्त्वान दिने उद्देश्यले रकम संकलन गरी सिलिण्डरसहितको ग्यास चुल्यो वितरण गरिएको समाजका सदस्य लम्सालले बताए।

समाजले पीडित परिवारलाई ग्यास चुल्यो वितरण गरेपछि पीडित परिवारले ग्याँसबाट खाना पकाउने  पीडित किसुनदेव सरदारले बताए। उनले आगलागिपश्चात नगरपालीकाबाट ५ हजार नगदभन्दा अन्य राहत नपाएको गुणासो गरेका छन्। 

मधुवनमा गत चैत ३ गते स्थानीय पुरन चौधरीको घरमा विद्युत सट हुँदा ३६ घर जलेर नष्ट भएका थिए। आगलागिमा परी १८ चौपायाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.