आठ वर्षीय बालकको पेटमा सात सय ग्राम जुका
ओखलढुंगाः ओखलढुंगा सामुदायिक अस्पतालमा आठ वर्षीय बालकको पेटबाट शल्यक्रिया गरेर ७ सय ग्राम जुका निकालिएको छ । चिसंखुगढी गाउँपालिका–६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट जुका निकालिएको हो ।
बालकको स्वास बढ्ने, हिड्न नसक्ने, खाना खान मन नगर्ने र बान्ता गर्ने लगायतका लक्षण देखाएपछि अभिभावकले अस्पताल भर्ना गरेका छन् ।
यस्ता लक्षण देखाएपछि गाउँघरमै धामी झार्की लगाए पनि ठीक नभएपछि अस्पताल ल्याइएको मदनकी आमा झनमाया र मगरले बताइन् । भनिन्, ‘सुरुमा वाकवाक गथ्र्यो, झन समस्या भएपछि अस्पताल ल्याएर अप्रेसन गर्दा जुका पो भेटियो ।’
समयमै अस्पताल ल्याएकाले बालकलाई बचाउन सफल भएको अस्पतालका डाक्टर रवीन्द्र मेहताले बताए । एक्सरेमा पेट फुलेको र आन्द्रा अवरुद्ध भएको देखिए पनि जुका नै हो भन्ने एकिन गर्न नसकेको उनले जनाए । शल्यक्रियापछि बालकको अवस्था सामान्य छ ।
प्रतिक्रिया दिनुहोस !