टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दमक : मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बा १ ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकलका चालक बुद्धशान्ति–४ बस्ने २४ वर्षीय लक्ष्मण खतिवडाको घटनास्थलमानै मृत्यु भएको हो ।
टिपरको ठक्करबाट मोटरसाइकल पछाडी सवार २५ वर्षीय साईल शेर्मा घाइते भएका छन् । घाइतेको बिएण्डसी अस्पताल बिर्तामोडम उपचार भइरहेको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेको नम्बरको गिट्टी बोकेको टिपरले बुद्धशान्ति गाउँपालिका ३ बेसीचौकमा दिँउसो २ बजे सोही दिशामा रहेको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
२