पोखरा–लेखनाथ महानगरपालिकाको नाम फेरिने

पोखरा–लेखनाथ महानगरपालिकाको नाम फेरिने

पोखराः चालु नगर सभामा पोखरा लेखनाथ महानगरपालिकाको नाम फेर्ने प्रस्ताव पेस भएको छ । वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले सोमबार पेस गरेको प्रस्तावलाई वडा नम्बर ९ का अधयक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका छन् । 

उक्त प्रस्तावमाथि नगर सभामा मंगलबार छलफल हुने भएको छ । १६७ सदस्यीय महानगर कार्यपालिकामा नेकपा र कांग्रेसबाहेक अरु कुनै पनि पार्टीका सदस्य छैनन् । 

दुवै दल उक्त प्रस्तावको पक्षमा देखिएको हुँदा महानगरको नामबाट लेखनाथ शब्द हट्ने पक्कापक्की जस्तै देखिएको छ । ३३ वडामध्ये २२ मा साविक एमाले र ११ मा कांग्रेस वडाध्यक्ष छन् । मेयर उपमेयरसमेत साविक एमालेबाट निर्वाचित हुन् । कार्यपालिकामा पछि मनोनित ८ जना पनि सोही पार्टीका समर्थक थिए । 

स्थानीय तहको नाम हेरफेर गर्न कार्यपालिकाको २÷३ मतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । कार्यपालिकाले पारित गरेको प्रस्ताव प्रदेश सरकारलाई पठाएपछि उसको सिफारिसमा संघीय सरकारले सदर गरेपछिमात्रै नाम हेरफेर हुन्छ । 

२०७३ साल फागुनमा पोखरा उपहानगर पालिका र लेखनाथ नगरपालिकालाई मिलाएर राज्य पुनःसंरचना आयोगले पोखरा लेखनाथ महानगरपालिका बनाएको थियो । पोखरा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नाम हुँदा हुँदै लेखनाथको फुर्काे जोडेर अनावश्यक रुपमा लामो र झन्झटिलो नाम राखिएको भन्दै सुरुदेखि नै विरोध हुँदै आएको थियो । 

नाम फेर्ने प्रस्ताव हिउँदे अधिवेशनमै पेस भए पनि मेयर मानबहादुर जिसीले सबै सरोकारावालाहरुको समेत सुझाव लिएर निर्णय गर्ने गरी प्रस्ताव अगाडि लैजान रोकेका थिए । नगरपालिकामा पर्ने २६ देखि ३३ वडा सम्मका वडाध्यक्ष पनि पोखरा महानगरपालिका मात्रै राख्न सहमत भएपछि यसपालिको नगर सभामा प्रस्ताव फेरि पेस भएको हो । 

यसबीचमा थुप्रै गुनासा र सुझाव पनि आएको वडाध्यक्ष पौडेलले सुनाए । पोखरा आफैंमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नाम भएकाले लेखनाथ हटाउन प्रस्ताव पेस गरेको वडाध्यक्ष पौडेलले जानकारी दिए । ‘जनजनमा भिजेको नाम पोखरा नै हो, लेखनाथ पनि राख्दा महानगरभित्र दुई भूगोल छन् भन्ने भावना रहने भयो’, उनले भने, ‘लेखनाथका नाममा अरु नामहरु राख्न सकिन्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.