बलात्कृत बालिकाले पढाइ छाडिन्

बलात्कृत बालिकाले पढाइ छाडिन्

स्याङ्जा : शिक्षकबाट बलात्कृत चापाकोट नगरपालिकाकी १३ वर्षीया बालिकाले पढाइ छाडेकी छन् । गंगालाल माध्यमिक विद्यालयमा शिक्षक रामभक्त आचार्य विद्यार्थी बलात्कारपछि अझै फरार छन् ।

बलात्कृतको घटनापछि आफ्नै साथीले गरेको हेला र दुव्र्यवहारका कारण विद्यालय जान मन नलागेको ती बालिकाले बताइन् । ‘सँगै बस्ने, खाने, खेल्ने, पढ्ने साथीहरू त्यसपछि मबाट टाढिन थाले’, उनले भनिन् । जन्म दिनको दिन एक जना साथीले सबैलाई मिठाइ बाँडे पनि आफूलाई नदिएपछि मनमा चोट लागेको बलात्कार पीडित बालिकाले सुनाइन् । ‘साथीहरूले खुसियाली मनाए, मलाई कसैले पनि वास्ता गरेनन्, कोही पनि बोलेनन्’, उनले भनिन् । पढेर सैनिक सेवामा लाग्ने उनको इच्छा पूरा नहुने भनेर आफैंप्रति खिन्न छिन् उनी । उनी स्कुल जान छाडेको तीन महिना बितिसकेको छ ।

वैशाखदेखि सुरु नयाँ शैक्षिकसत्रको केही दिन मात्र छोरी विद्यालय गएको उनकी आमाले सुनाइन् । ‘आजकल दिनभर छोरी टोलाएरै घरमा बस्छे । धेरै रिसाउने र झन्कने स्वभाव बढेको छ । शारीरिक एवं मानसिक चोट पुगेको छ छोरीलाई, तर उपचार गर्न सकेका छैनौं’, उनले भनिन् । छोरीको स्कुल ड्रेस, किताब देख्दा आफ्नो पनि भक्कानो छुट्ने उनले सुनाइन् । ‘यो ठाँउमा नबसौं, अन्यत्र बसाइँ जाऔं भन्छे छोरी, तर जाने ठाउँ कहीँ छैन’, उनले भनिन्, ‘कतैबाट सान्त्वना र सहयोग पाउन सकेनौं हामी गरिबलाई न्याय मिलेन ।’

सुन्तलीटार घर रहेका शिक्षक आचार्यले ललाइफकाइ आफूलाई बलात्कार गरेको बालिकाले बताइन् । बालिका र आमा न्याय खोज्दै सदरमुकाममा आइपुगेका छन् । आमाछोरीले प्रहरी कार्यालयमा पुगेर पीडक आचार्यको तत्काल खोजी गरी कारबाही गर्न आग्रह गरे । प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको र दोषीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

‘सरले भनेको माने जापान लगिदिन्छु भन्नुहुन्थ्यो’, ती बालिकाले भनिन्, ‘नमाने भविष्य बिगारिदिन्छु भनेर धम्क्याउनुहुन्थ्यो ।’ बाख्रा चराउन गएका बेला साँझपख स्कुटरमा राखेर जंगलमा लगेर जबरजस्ती गरी जंगलमै छाडेर आचार्य भागेको र छोरी रुँदै घरमा आएको आमाले बताइन् । छिमेकीसमेत रहेका आचार्य कहिलेकाहीँ उनीहरूको घरमा आउजाउ गरिरहन्थे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.