स्मार्ट लाइसेन्समा वेथिति : फोटोमा अनुहार चिनिएन

स्मार्ट लाइसेन्समा वेथिति : फोटोमा अनुहार चिनिएन

काठमाडौं : यातायात कार्यालयका कर्मचारीको लापर्बाहीका कारण सवारीचालक अनुुमतिपत्र (स्मार्ट लाइसेन्स) लिने सेवाग्राही मारमा परेका छन् । अनुुमतिपत्र प्रदान गर्न खिचिएको फोटो धमिलो र केही समयपछि रंग उड्ने भएका कारण समस्या आएको छ । स्वयम्भूको ठूलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयमार्फत अनुुमतिपत्र प्रदान गर्न लिइने फोटो गुुणस्तरहीन हुँदा सेवाग्राही सास्ती व्यहोर्न बाध्य छन् । कार्यालयले खिचेको फोटोमा अनुुहार प्रस्ट नहुँदा अनुुमतिपत्र लिन चाहनेले पटकपटक फोटो खिचाउनुुपर्ने बाध्यता छ । २०७४ भदौदेखि चैतसम्म प्रयोगात्मक परीक्षा (ट्रायल) पास गर्ने र नवीकरणका लागि आउने सेवाग्राहीको फोटोमा त्रुुटि भेटिएको कार्यालयले जनाएको छ । यो अवधिमा खिचिएका फोटो निकै मधुुरो र अनुुहार नचिनिने भएकाले सेवाग्राहीलाई पुुनः फोटो खिच्न अनुरोध गरिएको कार्यालय प्रमुख गोकर्णप्रसाद उपाध्ययले बताए । उनले भने, ‘असार मसान्तसम्म पुुनः फोटो खिच्न आउन सेवाग्राहीलाई अनुुरोध गरेका छौं । त्यो समयभित्रमा फोटो खिच्न आउने सेवाग्राहीले छिट्टै लाइसेन्स पाउँछन् । ’

सेवाग्राहीले अनुुमतिपत्रका लागि करिब नौ महिना कुुर्नुुपर्ने बाध्यता छ । लामो पर्खाइपछि अनुुमतिपत्र पाउने समयमा कार्यालयले फोटो मिलेन भनेर कम्तीमा सात दिनसम्म सेवाग्राहीलाई कुुराउँछन् । ठूलो भर्‍याङगस्थित कार्यालयबाट अनुुमति लिने सेवाग्राही काठमाडौंसहित अन्य जिल्लाका पनि हुुन्छन् ।

कार्यालयले अनुुमतिपत्रका लागि डिजिटल क्यामेराबाट सेवाग्राहीको फोटो खिच्ने गरेको छ । खिच्ने क्रममै फोटोको गुुणस्तर परीक्षण गर्न सकिन्छ । कर्मचारीले समयमा गुुणस्तर परीक्षण गर्न नसक्दा सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् । कार्यालयले फोटोको गुुणस्तरसम्बन्धी समस्याका बारेमा यातायात व्यवस्था विभागलाई समेत कुुनै जानकारी गराएको छैन ।

विभागका निर्देशक तीर्थराज खनालले अहिलेसम्म सेवाग्राहीलाई प्रदान गरिने अनुुमतिपत्र प्रक्रियामा त्रुुटि भएको जानकारी आफूलाई प्राप्त नभएको दाबी गरे । निर्देशक खनालले भने, ‘कार्यालयले प्रयोग गर्दै आएको क्यामेराको गुुणस्तर राम्रो छैन भन्ने जानकारी पाएको छुु ।’ उनले समस्या समाधान गर्न आगामी आर्थिक वर्ष गुुणस्तरीय क्यामेरा खरिद गर्ने बताए ।

स्मार्ट कार्डमा पुुरानै सास्ती

सरकारले २०७२ मंसिरदेखि स्मार्ट लाइसेन्स वितरण प्रक्रिया सुुरु गरेको थियो । बागमती अञ्चल यातायात कार्यालयबाट सुरु भएको १८ महिनापश्चात उपत्यकाबाहिर पनि यो लाइसेन्स वितरण गर्ने प्रक्रिया थालिएको थियो । तत्कालीन समयमा मद्रास प्रिन्टर र विभागबीच एक लाख ६० हजार कार्ड र पाँच वटा प्रिन्टर खरिद गर्ने सम्झौता भएको थियो ।

पहिलो चरणमा वितरण गरिएको स्मार्ट लाइसेन्समै धेरै प्रकारका समस्या भेटिएको थियो । लाइसेन्समा सवारी चालकले कुुन वर्गको गाडीमा लाइसेन्स पाएको भन्ने विषय प्रष्ट खुुलाइएको थिएन । विभागले ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, ‘इ’ वर्गमा लाइसेन्स जारी गर्छ । तर, प्रदान गरिएको ती लाइसेन्समा कुुन बर्गका लाइसेन्सधारीले कस्तो प्रकृतिको सवारी चलाउन पाउने हो भन्ने विषय उल्लेख थिएन ।

२०७२ सालमा वितरण गरिएको लाइसेन्सको फोटोको गुुणस्तर निकै न्यून अवस्थामा पाइएको थियो । लाइसेन्सको फोटोको आधारमा सवारीचालकलाई चिन्न हम्मेहम्मे परेको थियो । प्रदान गरिएको लाइसेन्समा भएको चिप्स झर्ने समस्या पनि आएको थियो । स्मार्ट लाइसेन्सको चिप्समा सवारीचालकको परिचयपत्र, सवारी नम्बरलगायत सवारी र चालक दुुवैको सम्पूर्ण तथ्यांक समावेश गरिएको हुुन्छ । सोही तथ्यांकका आधारमा ट्राफिक प्रहरीले सवारी र चालकलाई ट्र्याक गर्दै आएका छन् ।

इन्फोस्वयम्भूको ठूलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयमार्फत अनुुमतिपत्र प्रदान गर्न लिइने फोटो गुुणस्तरहीन हुँदा सेवाग्राही सास्ती व्यहोर्न बाध्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.