नदी कटानले २४ परिवार विस्थापित : बाढीको त्रासमा रात जान्छ

नदी कटानले २४ परिवार विस्थापित : बाढीको त्रासमा रात जान्छ

बिर्तामोड : नदीको कटानले झापामा २४ परिवार विस्थापित भएका छन्। बाढी र डुबानका कारण विस्थापित हुनेको संख्या बढ्न थालेको जनाइएको छ। झापामा कम भए पनि पहाडी क्षेत्रमा निरन्तर वर्षाका कारण जिल्लाका मुख्य र सहायक नदीमा पानीको बहाव बढेको छ।

मेची नदीले नेपालतर्फको जमिन कटान गर्न थालेपछि भद्रपुर नगरपालिका-५ स्थित किनारमा बस्दै आएका सुकुम्बासी बस्तीका १५ परिवार विस्थापित भएका हुन्। मेची पुलको दक्षिणतर्फ रहेको सुकुम्बासी बस्तीमा अधुरो तटबन्धका ४० परिवारमध्ये अहिलेसम्म १५ परिवार विस्थापित भएको जनाइएको छ।

ठेकेदारले पुलका दायाँ–बायाँ ढुंगा र तारजालीको तटबन्ध बनाएको तर दक्षिणतर्फ सुकुम्बासी बस्ती क्षेत्रमा काम अधुरै छाडेपछि कटान सुरु भएको हो। दक्षिणतर्फको बस्ती जोगाउन १ सय ७० मिटर तटबन्ध निर्माण गरिए पनि बाँकी ७० मिटरमा काम नहुँदा नदीले कटान गर्न थालेको स्थानीय रोशनी शेखले बताइन्। स्थानीयवासी राति घरमा पालो गरी सुत्ने र ठूलो पानी परे सुरक्षित स्थानमा गएर बस्न थालेका छन्। नदीछेउका स्थानीयले घर भत्काउँदै जमिन खाली गर्न र विद्युत् पोल र तार पनि हटाउन थालिएको भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्कीले बताए।

‘नदीको बहाव बढेको बढ्यै छ, बाँकी ७० मिटर तटबन्ध निर्माण गर्न ढिला हुँदा अहिले समस्या आयो’, उनले भने। उनका अनुसार बाढी आउने र डुबानको सम्भावना देखिएका परिवारका सदस्यलाई केही दिन विद्यालयमा राख्ने व्यवस्था मिलाइएको छ।

रतुवा खोलाको बाढीले पनि दमक–७ का दुई परिवार विस्थापित भएको रेडक्रस सोसाइटी झापाले जनाएको छ। बाढीले घरतर्फ कटान गर्न थालेपछि स्थानीय रेडक्रसमार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको परिवार विस्थापित भएका हुन्। श्रेष्ठको घर र तिम्सिनाको घरको दक्षिणी भाग खोलाले कटान गरेको छ। केही दिनयता रतुवा खोलामा बाढी आएकाले नजिकैका बस्ती कटानको जोखिममा परेको स्थानीयले बताएका छन्।

अर्जुनधारा नगरपालिका–४ स्थित भाङबारी र राते खोलाले पनि दायाँ–बायाँ कटान सुरु गर्दा आसपासका बासिन्दा त्रसित बनेका छन्। गत वर्ष साउन अन्तिम साता टाङटिङ नदीको बाढीले भत्काएको ५० मिटर बाँध मर्मत नहुँदा यो वर्ष पनि कटान भएको स्थानिय घनश्याम मि श्रले बताए। नदीको बहाव बढे बाँगेडाँगीसहित १ सय ५० घरधुरी जोखिममा पर्ने उनको भनाइ छ। ठूलो पानी पर्नासाथ बाढी आउने त्रासका कारण रातभर अनिँदै बस्न बाध्य भएको उनले सुनाए। खोलाले आसपासका खेतीयोग्य जमिन बगाउन थालेको र यही क्रम रहे २ सय बिघा बग्ने स्थानीय भुवानी गिरीले बताए।

बिर्तामोड नगरपालिका–९ लखीबारी राजवानचौरीमा भुसुडी खोला जमिन कटान गर्दै घरसम्म आइपुग्दा स्थानीय गंगा श्रेष्ठको परिवार विस्थापित भएको छ। दुई कट्ठा जमिनसहित घर खोलाले तान्न तालेपछि उनका ७ जनाको परिवार विस्थापित भएको स्थानीय योगेश श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.