खोला बढ्दा मनाङ आउजाउमा समस्या

खोला बढ्दा मनाङ आउजाउमा समस्या

बेंसीसहर : लगातारको वर्षाले खोला बढ्दा सवारीसाधनलाई हिमाली जिल्ला मनाङ जानआउन समस्या भएको छ । खोला तर्न नसक्दा सवारीसाधन मनाङ जान छोडेका छन् । लमजुङ र मनाङ सिमानाको म्यार्दीखोला र तिमाङ नपुग्दैको तिमाङखोला बढ्दा सवारी साधन आउजाउमा समस्या भएको हो । चालकहरूका अनुसार म्यार्दीखोला र तिमाङखोला बढेर सवारी वारपार गर्न सकिएको छैन । म्यार्दीखोलामा निर्माणाधीन ‘बेलिब्रिज’ तोकिएको समयमा नसक्दा चालक तथा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

तिमाङखोलामा भने पुल निर्माणको सुरसार छैन । तिमाङखोलामा पुल निर्माण गर्ने भन्दै २ वर्षअघि बेस राखिए पनि बाढीले बगाएपछि डिभिजन सडक कार्यालय दमौलीले पुनः निर्माण प्रक्रिया अघि बढाएको बताएको छ । तर, काम सुरु नभएको स्थानीयले बताएका छन् ।

बेंसीसहर–मनाङ सवारी चलाउँदै आएका सुरज मौरतीका अनुसार बेंसीसहरबाट करिब ३० किलोमिटरको च्याम्चेसम्ममात्रै मोटर चलाउन सम्भव छ । चालक सन्तोष थापाले खोलामा पानी बढेका कारण जिप मनाङ जाउआउमा समस्या भएको बताए । हिमाली जिल्ला मनाङमा मस्र्याङ्दी यातायात टान्सपोर्ट कम्पनी प्रालिले जिप चलाउँदै आएको छ । कम्पनीका कार्यालय प्रमुख जीवी घिमिरेले बर्खा लागेपछि १०÷१२ वटा मात्रै सवारी चलेको बताए । हिउँदमा भने कम्पनीकै ४० बढी सवारी चल्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले डिभिजन सडक कार्यालयलाई म्यार्दी खोलामा छिटो पुल बनाउन घच्घच्याइरहेको बताए । डिभिजन सडक कार्यालय दमौलीका अनुसार पानीका कारण निर्माणमा समस्या आएको छ । म्यार्दीमा २ वटा ह्युमपाइप राखिएको र फेरि २ वटा राख्न बाँकी छ । सडकमा आउने समस्या तत्काल समाधान गर्न एउटा एक्स्काभेटर राखिएको छ । पुलको ७५ प्रतिशत काम सकिएको जनाइएको छ । ग्याल्बा–क्याराभान जेभीले पुल निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीले साउन पहिलो सातासम्म पुल निर्माण सक्ने गरी म्याद मागेको छ ।

उक्त पुल भ्याटबाहेक २ करोड ५ लाख १७ हजार ८ सय ६९ रुपैयाँमा निर्माण हुन लागेको हो । २४ मिटर लम्बाइ र तत्काल ४ मिटर (सिंगल लेन) को पुल निर्माण हुँदै छ । डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीका अनुसार म्यार्दीखोलामा पुल निर्माण सकेपछि तिमाङखोलाको पुल निर्माण हुनेछ । पुल निर्माण भइरहेको म्यार्दीखोला लमजुङको बेंसीसहरबाट ३५ र मनाङको चामेबाट ३० किलोमिटर दूरीमा पर्छ । ०६४ मा नेपाली सेनाले सडक निर्माण गर्दा बनाएको काठेपुल ०७२ जेठमा भाँचिएको थियो ।

त्यसपछि डिभिजन सडक कार्यालय दमौलीले ‘स्टिल गार्डर ब्रिज’ राखेकोमा उक्त पुल १ महिनापछि असार ३१ गते म्यार्दीखोलामा आएको भीषण बाढीले बगाएको थियो । पुनः काठेपुल निर्माण गरी सवारी आवतजावत गराइएकोमा बेलिब्रिज बनाउँदा त्यो पनि भत्काइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.