जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य जाँच

जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य जाँच

बेंसीसहर : कार्यालयमा सेवा लिन आउँदा सामान्य बिरामी पर्नुभयो भने कता जानुहुन्छ ? पक्कै पनि नजिकको औषधि पसल वा स्वास्थ्य संस्था । तर, अब चिन्ता लिनुपर्दैन । आफ्नो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई जिल्ला प्रशासन आफैंले स्वास्थ्य जाँच गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले स्वास्थ्य परीक्षणसहितको सेवा सुरु गरेको हो । आइतबारदेखि कार्यालयको सेवासँगै सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा पनि सुरु गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताए । सेवाग्राहीको स्वास्थ्य परीक्षणका साथै सामान्य प्रकारका औषधिसमेत वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

‘सेवाग्राहीको सहजताका लागि स्वास्थ्य जाँच सेवा सुरु गरेका हौं’, प्रजिअ ढकालले भने, ‘कार्यालयमा आएका सेवाग्राहीको रक्तचाप, रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएका छौं ।’ सेवाग्राहीलाई प्राथामिक उपचारकोे व्यवस्थासमेत मिलाइएको प्रजिअ ढकालले बताए ।

प्रजिअ ढकालका अनुसार हरेक साताको आइतबार स्वास्थ्य जाँचको व्यवस्था गरिनेछ । सुरुको आइतबारै ३० जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएको सहायक प्रजिअ मनोहर थापाले बताए । थापाका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले प्रथामिक उपचारका औषधि उपलब्ध गराएको छ । जिल्ला सामुदायिक अस्पतालका मेडिकल अफिसर र जिल्ला कारागारकी हेल्थ असिस्टेन्टलाई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले स्वास्थ्य परीक्षणसहितको सेवा प्रवाह गरेको नेपालमै पहिलो हो । प्रशासनमा आउने सुत्केरी महिलाका लागि छुट्टै स्तनपानकक्ष निर्माण गरिएको छ । ‘अब प्रशासनमा सेवा लिन आउने सुत्केरी महिलाले स्तनपानका लागि झन्झट तथा लाज मान्नुपदैन’, प्रजिअ ढकालले भने, ‘स्तनपानका लागि छुट्टै कोठा व्यवस्था गरेका छौं ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.