जुम्ला घटनाको छानबिन गर्न डीआईजी नेतृत्वको टोली

जुम्ला घटनाको छानबिन गर्न डीआईजी नेतृत्वको टोली

जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनसम्म अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बिहिबार जबरजस्ती काठमाडौं लैजाँदा गर्दा भएको प्रतिष्ठान घटनाको छानबिन गर्न डीआईजी नेतृत्वको टोली जुम्ला पुगेको छ । 

नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चुडामणी बुढाथोकीको तीन सदस्यीय टोली जुम्ला पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । उक्त टोलीले सोमबार दिउँसो अस्पतालमा भएको घटना बारे प्रतिष्ठानका पदाधिकारी र अन्य सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम गरेको छ ।

अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुले पनि घटनाको छानबिन गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको माग गरिरहेका छन् । प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायद्धारा हस्ताक्षरीत विज्ञप्तिमा घटना घटाउन प्रतिष्ठान पदाधिकारीहरुको पनि प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै राजिनामाको माग गरीएको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रहरीले गोलीसम्म चलाएकाले घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् । 

अर्कातिर प्रहरीले गोली नचलाएको दाबी गर्दै आएको छ । अस्पतालभित्रै प्रहरीले लाठीचार्ज गर्दा दुई दर्जन बढी चिकित्सक र विद्यार्थी घाइते भएका थिए । घटनामा तीनजना प्रहरी पनि घाइते भए । एकजना प्रहरी कमल आचार्य गोली लागेर गम्भीर घाइते भएका छन् । उनको काठमाडौंमा उपचार जारी छ । झडपका कारण अस्पतालका भौतिक संरचनामासमेत ठुलो क्षति पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.