रानीपोखरी  सेनालाई

रानीपोखरी  सेनालाई

काठमाडौं : भूकम्पछि ध्वस्त भएको सांस्कृतिक धरोहर रानी पोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाउने भएको छ । रानीपोखरी कसले पुनर्निर्माण गर्ने भने विषयमा विवाद बढ्दै गएपछि सेनालाई जिम्मा दिन थालिएको हो ।

रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिने विषयमा मंगलबार रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच छलफल भएको थियो । रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिन सरोकारवाला निकाय र मन्त्रीबीच छलफल भएको महानिर्देशक दाहालले जानकारी दिए ।

दाहालले भने, ‘रानी पोखरी कसरी बनाउने भन्ने विषयमा विवाद भएपछि महानगरपालिका र विभागको समन्यवमा सेनालाई निर्माण गर्न दिने विषयमा छलफल भएको हो । छलफल अन्तिम चरणमा पुगेको छ ।’ रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर पुरात्व विभागले बनाउँछ’, महानिर्देशक दाहालले भने, ‘बाहिरको अन्य संरचना भने महानगरपालिकाकै खर्चका सेनाले बनाउने हो ।’

अहिले नेपाली सेनाले निर्माण गरिरहेको संरचनामा कुनै विरोध छैन । जुनसुकै निर्माणको काम गर्दा पनि सेनाले समयमै सम्पन्न गरेको अभिलेख छ । ‘सेनाले निर्माण गरेको संरचनाको गुणस्तरमा समेत प्रश्न उठेको छैन ।

सेनाले निर्माण काममा देखाएको आफ्नो सक्षमता र जनताले समेत सेनाले निर्माण गरेको निर्माण काममा विरोध गरेका छैन । यी सबै विषयलाई मध्यनजर राख्दै सांस्कृतिक धरोहर रानी पोखरी निर्माणको जिम्मा पनि सेनालाई दिने तयारी भएको छ’, दाहालले भने ।

महानगरपालिकाले छनोट गरेको एपीए कन्सल्ट्यान्सीले रानी पोखरी पुरानै शैलीमा निर्माण गर्न आवश्यक डिजाएन समेत बनाइसकेको छ ।

पोखरी निर्माणको जिम्मा सेनालाई दिने विषयमा काठमाडौं महानगरपालिका पनि सकारात्मक रहेको छलफलमा सहभागी एक सदस्यले बताए । गत पुस १३ गतेदेखि रानी पोखरी पुनर्निर्माणमा रोकिएको थियो । पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिटको पर्खाल लगाएपछि सम्पदाविद्ले विरोध गरेका थिए । विरोधपछि महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशकसहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली र स्वरुप निर्माण निर्माण गर्ने सहमति भएको थियो ।

पुनर्निर्माण स्थगनसँगै यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको थियो । समूहमा पुरातत्वका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना समेत सहभागी थिए । विज्ञसमूहले पनि रानी पोखरी आधुनिक शैलीमा कंक्रिट प्रयोग गरी निर्माण गर्नु नहुने सुझाव दिएको थियो । विज्ञ समूहको सुझाव र सम्पदाविद्को विरोधपछि महानगरपालिकाले पुरानै शैलीमा रानी पोखरी निमार्ण गर्ने निर्णयसहित ठेक्का सम्झौता रद्द गरेको थियो ।

महानगरपालिकाले करिब सवाँ ६ करोड रुपैयाँमा आधुनिक शैलीमा पुनर्निर्माण थालनी गरेको थियो । पोखरी निर्माणको जिम्मा महानगरपालिकाले वल्र्डवाइड कँडेल केएन केजी जेभीलाई दिएको थियो । त्यसलगतै महानगरपालिकाले पुरानै शैलीमा रानीपोखरी पुनर्निर्माणको डिजाइन बनाउन परामर्शदाता समेत छनोट गरेको महानगरपालिकाका सार्वजनिक–निजी साझेदारी विभागका निर्देशक महेश काफ्लेले बताए ।

महानगरपालिकाले छनोट गरेको एपीए कन्सल्ट्यान्सीले रानी पोखरी पुरानै शैलीमा निर्माण गर्न आवश्यक डिजाएन समेत बनाइसकेको छ । एपीएको डिजाइनअनुसार पोखरी निर्माणमा झन्डै आठ करोड रुपैयाँ लाग्ने अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.