करेन्ट लागेर मृत्यु
स्याङ्जा : पुतलीबजार नगरपालिका- १० राङ्खोलामा बिजुलीको तार जोड्नेक्रममा करेन्ट लाग्दा २६ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ। तार जोड्नका लागि बिजुलीको पोलमा चढेका राईलाई अचानक करेन्ट लागेपछि जमिनमा खसेका थिए।उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।
इलामको देउमाई नगरपालिका- १ घर भएका राईको उपचारका लागि अस्पतालमा ल्याइएका उनको बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।