कुखुराको सुलीबाट विद्युत् र जैविक मल

कुखुराको सुलीबाट विद्युत् र जैविक मल

स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकामा स्थापित खिलुङकालिका एग्रोफर्मले कुखुराको सुली प्रशोधन गरी विद्युत् र जैविक मल उत्पादन गरेको छ। पुतलीबजार नगरपालिका-४ स्थित नागडाँडामा शाखा उद्योग सञ्चालन गरी दैनिक ३ सय ५० किलोवाट क्षमताको बिजुली र १२ मेट्रिक टन जैविक मल उत्पादन गर्दै आएको छ।

उद्योगले जेठदेखि बिजुली उत्पादन गरेको हो भने साउनदेखि मल उत्पादन गर्दै आएको छ। उत्पादित बिजुलीले सामान्य परिवारका ३ सय ५० भन्दा बढी घरधुरीले बिजुली बाल्न सक्नेछन्। तर, अहिले सो उत्पादन भने सोही उद्योग सञ्चालनका लागि खपत भएको छ। दैनिक ८ घण्टाभन्दा बढी उद्योग सञ्चालनका लागि सोही उद्योगमा उत्पादित बिजुलीको उपयोग गरिँदै आएको खिलुङकालिका एग्रोफार्मका प्रबन्ध-निर्देशक शोभाकान्त ढकालले जानकारी दिए।

‘राष्ट्रिय कृषि नीतिको मापदण्डअनुरूप जर्मनी र चिनियाँ प्रविधिबाट उत्पादन सुरु गरिएको हो’, प्रबन्ध निर्देशक ढकालले भने, ‘मलको गुणस्तर र कृषक अनुदानका लागि हामी उदार छौं, कृषक अर्गानिक मल नाम उल्लेख गरी दुई÷तीन दिनभित्रै बजारमा पठाउने गरी तयारीमा जुटका छौं।’ उद्योगमा उत्पादित मल किसानका आवश्यकता र मागअनुरूप १, २, ५, १०, २० र २५ किलोका विभिन्न प्याकेटमा प्याकिङ गरी पाउडर तथा दाना दुवै खालका जैविक मल बजारमा पठाइने भएको छ।

भीरकोट नगरपालिका-७ स्थित ठाडाखेतमा स्थापित जर्मनको अत्याधुनिक प्रविधिद्वारा उत्पादित मुलुककै पहिलो खिलुङकालिका एग्रोफार्ममा दैनिक २ लाख अन्डा उत्पादन हुन्छ। एग्रोफर्मबाट निस्कने दैनिक १२ टन सुली, ४ टन गाईभैंसीको (गोबर) मलको मि श्रणबाट उद्योगले बिजुली र मल उत्पादन गर्दै आएको मेकानिकल इन्जिनियर सागर अर्यालले जानकारी दिए। एउटै प्लान्टबाट विद्युत् र जैविक मल उत्पादन गर्ने उद्योग पनि नेपालकै पहिलो हो।

सुरुका दिनमा उद्योगले ६० प्रतिशत कुखुराको सुली र ४० प्रतिशत गोबर मल प्रयोग गर्दै आएको छ। कुखुराको सुली बिजुली र मल उत्पादनको कच्चा पदार्थ रहेको बताउँदै हरियो घाँसपातको पनि प्रयोग गर्न सकिने उद्योग सञ्चालकको भनाइ छ। उद्योगले १ हजार २ सय किलो बायोग्यास निकाल्ने क्षमता छ। हाल शाखा उद्योगले उत्पादित सबै बिजुली खपत गरेका कारण बायोग्यास उत्पादन गर्न सकिएको छैन’, निर्देशक ढकालले भने, ‘उद्योगको दैनिक १ सय ५० सिलिन्डर ग्यास भर्ने क्षमता छ।’

खिलुङकालिकाले भीरकोटमा ४० रोपनी क्षेत्रफलमा अत्याधुनिक एग्रोफर्म स्थापना गरी दैनिक दुई लाख अन्डा उत्पादन गर्दै आएको छ। करिब डेढ वर्षअघि सोही फर्मले पुतलीबजार ४ नागडाँडा जिरोमा झन्डै ५० रोपनी जग्गा भाडामा लिएर २५ करोड लागतमा शाखा उद्योग सञ्चालनमा ल्याएको हो। तीन हजार एक सय १० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्टबाट विद्युत््सँगै जैविक मल उत्पादन गर्दै आएको एग्रोफार्म सञ्चालक श्यामप्रसाद अर्यालले बताए।

उद्योग सञ्चालन गरिएपछि कुखुराको सुलीको उचित व्यस्थापनसँगै उद्योग सञ्चालनका लागि आवश्यक बिजुलीको सदुपयोग भएको छ। गाईभैंसी पाल्ने क्रम घट्दै गएको अवस्थामा जिल्लामा बढ्दो जैविक मलको मागलाई पूरा गर्न पनि उद्योग सफल हुने किसान बोधराज अर्याल बताउँछन्। जैविक मलका लागि ४÷५ वर्षदेखि भैरहवाबाट मल किनेर ल्याउने गरेको भए पनि अब भने यहीं उत्पादित मल प्रयोग गर्ने उनले बताए। अर्याललगायत सुन्तला व्यवसायीले मात्र सोमबार २४ हजार ६ सय किलो मल माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.