कांग्रेस स्याङ्जा सभापति पंगेनीको  निधन

कांग्रेस स्याङ्जा सभापति पंगेनीको  निधन

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ। भीरकोट नगरपालिका ६ खिलुङ्देउराली आफनै घरमा सुतेका अवस्थामा स्वास्थ्यमा असहज भएको जानकारी गराएपछि उनका परिवारले कालिका सामुदायिक अस्पतालमा पुर्‍याएका थिए। 

५५ वर्षीय पंगेनीको उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले जानकारी दिए। तीन पटक नेपाली कांग्रेसको जिल्ला सभापति हुन सफल पंगेनी संबिधानसभा दोश्रो निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए। पहिलो संविधानसभा निर्वाचनमा र प्रदेशसभा १ क बाट भने पराजित भएका थिए।

विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पंगेनी स्याङ्जाका लोकप्रिय राजनीतिज्ञ मानिन्छन्। पंगेनीका पत्नी, एक छोरा र एक छोरी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.