भूमिगत प्रसारण लाइन: फिल्डमै उत्रिए ऊर्जा मन्त्री र सचिव

भूमिगत प्रसारण लाइन: फिल्डमै उत्रिए ऊर्जा मन्त्री र सचिव

काठमाडौं : भूमिगत विद्युत् प्रसारण लाइन निर्माणमा ऊर्जा मन्त्रालयले तदारुकता देखाएको छ । निर्माणका क्रममा देखिएका अवरोध स्थलगत अनुगमन गरी त्यहींबाट समाधानको उपाय खोज्न ऊर्जा मन्त्री, सचिव र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक फिल्डमा उत्रेका छन् । 

त्रिशूली-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्छ । त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । 

४८ प्रतिशत काम सकियो

भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ । यो भूमिगत विद्युत प्रसारण संरचना निर्माण ४८ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय र विद्युत प्राधिकरणका कार्यकार्य निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सक्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । 

दुर्इ महिनामा निर्माण सकिँदै 

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । निर्माणका लागि अहिले २ सय ७० श्रमिक परिचालित छन् । 

रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए । 

‘स्थानीयलाई मिलाउँछौं, गृह मन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौँ, रुख कटानमा रहेको समस्या समाधान गछौं’,मन्त्री पुनले भने,‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नु पर्छ ।’ 

काटिँदै ३३६ रूख

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारण लाइनको रुट केही परिर्तन हुँदा काट्नुपर्ने रुखको संख्या ३ सय ३६ मा झरेको छ । 

रुख कटानको स्वीकृतिका लागि फाइल वन विभागका पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुन पेश गर्नु परेको आयोजनाले जनाएको छ । काट्नु पर्ने रुखमा टाँचा पनि लगाइसकिएको छ । 

भूमिगत लाइनका लागि सडक खनिएकाले वर्खाकोबेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् । 

त्रिशूली 'ए' को बिजुलीलार्इ भूमिगत लाइन

प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली 'ए' को विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली 'ए' को निर्माण आगामी पुसमा सक्ने लक्ष्य राखिएको छ । 

प्रसारण लाइन पनि त्यही अवधिभित्र बनासक्नु पर्ने दबाब छ । ४५ किलोमिटर प्रसारण लाइनको एक सय ४० टावरमध्ये एक सय २७ वटाको जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए । 

यो प्रसारण लाइन आगामी दिनमा त्रिशूली कोरिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौँ ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन नेपाल सरकार र प्राधिकरणको लगानी तथा चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.