सिनेमा हलमा आगलागी, बिहानी सो नहुँदा टर्‍यो मानवीय क्षति

सिनेमा हलमा आगलागी, बिहानी सो नहुँदा टर्‍यो मानवीय क्षति

हेटौंडा : हेटौंडा-४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ। बुधबार बिहान करिब साढे नौ बजेबाट भएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए। 

हेटौंडा उपमहानगरपालिका र नेपाल आयल निगम अम्लेसगञ्ज डिपाको दुईवटा दमकलको सहायताले आगलागी निभाउने प्रयास जारी रहेको उनले जानकारी दिए। हलमा बिहानीको फिल्म सो नरहेकाले मानवीय क्षति भने नभएको प्रहरीले बताएका छन्।

आगलागीको कारण भने खुलेको छैन। हलको पर्दाबाट आगलागी सुरु भएको हलका कर्मचारीले बताएका छन्। आगो नियन्त्रणमा लिन जनपथ, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। 
आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेकाले क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.