ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रमा
हेटौंडा : हेटौंडा-४ स्थित ओम्याक्स सिनेमा हलमा लागेको आगो साढे दुई घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ। बुधबार बिहान करिब साढे नौ बजेबाट भएको आगलागी दुईवटा दमकल प्रयोग गरी नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए।
आगलागीबाट हलका प्राय सबै सामग्रीहरु नष्ट भएका छन्। आगलागी नियन्त्रणको लागि हेटौंडा उपमहानगरपालिका र नेपाल आयल निगम अम्लेसगञ्ज डिपाको दुईवटा दमकल प्रयोग गरिएको थियो।हलमा बिहानको फिल्म सो नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। हलको पर्दाबाट आगलागी सुरु भएको हलका कर्मचारीले बताएका छन्। आगो नियन्त्रणमा लिन जनपथ, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो। आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !