सुरक्षित मोटरसाइकल चलाउने उपाय

सुरक्षित मोटरसाइकल चलाउने उपाय

काठमाडौं : युवामाझ मोटरसाइकल मोह अधिक छ । मोटरसाइकलमा हुइँकिनुलाई युवाले सोख र शानको रुपमा लिने गर्छन् । दुईपांग्रे सवारीले सजिलै ट्राफिक जाम छिचोल्न सकिने भएकाले युवाको रोजाइमा मोटरसाइकल पर्ने गरेको छ । मोटरसाइकल खतराको सवारी पनि हो । त्यसैले मोटरसाइकल चलाउँदा सुरक्षाको मामलामा सम्झौता गर्न हुँदैन । मोटरसाइकल चलाउन केही कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ । मोटरसाइकल चलाउँदा विभिन्न कुरामा ध्यान दिन सकेनौ भने दुर्घटना हुने खतरा पनि रहन्छ ।

सर्टिफाइड हेलमेट प्रयोग गर्ने

हेलमेट मोटरसाइकल चालकको सुरक्षा कबज हो । सडक दुर्घटनामा अधिकतम व्यक्तिको मुत्यू टाउकोमा लाग्ने चोटमा हुनेगर्छ । हेलमेट खरिद गर्दा सर्टिफाइड कम्पनी रोज्नु पर्छ । सस्तो मूल्य भन्दैमा सर्टिफाइड नभएको कम्पनीको हेल्मेट किन्नु हुदैन । टाउकोमा सजिलै गरि अट्ने र बलियो सामाग्रीबाट निर्मित हेलमेट रोज्नु पर्छ । टाउकोमा अडिएर बस्ने भएकाले सडक दुर्घटनामा हेलमेट टाउकोबाट उछिटिदैन र बलियो समाग्रीबाट बनेको हेलमेट फुट्ने सम्भावना कम हुन्छ । दुर्घटनाको बखत टाउँकोमा लाग्ने चोटबाट बच्न सकियोस् ।

दुवै ब्रेक लगाउन सिक्ने

सवारी नियन्त्रण गर्नका लागि ब्रेकको महत्वपूर्ण भूमिका हुन्छ । नयाँ मोटरसाइकलमा प्राय डिस्क ब्रेक र पुराना मोटरसाइकलमा ड्रम ब्रेकको प्रयोग गरिएको हुन्छ । तिब्र गतिमा कुदिरहेको मोटरसाइकल एक्कासी नियन्त्रण गर्दा अगाडीको ब्रेकको ७० प्रतिशत र पछाडीको ब्रेकले ३० प्रतिशत योगदान हुने प्राविधिकहरु बताउँछन् । सुरक्षीत तरिकाले मोटरसाइकल चालउने व्यक्तिले अगाडि र पछाडी दुवै ब्रेकको संयोजन गर्न जान्नुपर्छ । अगाडिको ब्रेक मात्रै प्रयोग गरेर मोटरसाइकल रोक्न खोज्दा अघिल्लो पाङग्रामा उच्च दवाव पर्ने भएकाले अनियन्त्रीत हुने सम्भावना प्रवल रहन्छ । पछिल्लो भागको ब्रेक प्रयोगगर्दा मोटरसाइकल निक्षित ठाउँमा नरोकिन सक्छ र दुर्घटना निम्तिने खतरा हुन्छ । मोटरसाइकललाई सुरक्षा रोक्नका लागि दुवै ब्रेकको प्रयोगको गर्न आवश्यक रहन्छ ।

गतिमा ध्यान दिने

तिब्र गति नै मोटरसाइकल दुर्घटनाको प्रमुख हो । चालकले सधै आफ्नो गतिलाई ध्यानमा राखेर मोटरसाइकल चलाउनु पर्छ । तिब्रगतिमा मोटरसाइकल चलाउँदा सानो गल्तिले पनि ठूलो क्षति निम्त्याउन सक्छ । त्यसैले सडक र त्यहाँ गुड्ने सवारीको अवस्था अनुसार मोटरसाइकलको गति नियन्त्रण गर्नुपर्छ ।

सुरक्षित दूरीमा चलाउने

अगाडि र पछाडिको गाडीबीच सुरक्षीत दुरी बनाएर मोटरसाइकल चलाउँनु पर्छ । अगाडिको गाडीले आकास्मिक ब्रेक लगाएमा मोटरसाइकलाई नियन्त्रण गर्न प्रयाप्त समय मिल्छ, यसबाट सवारी ठोकिने सम्भावना कम गर्न सकिन्छ हुन्छ । साथै ट्राफिक जामको समयमा आसपासको स्थितिमा पनि आँखा लगाउनु पर्छ । सकभर अन्य सवारीको नजिक जाने प्रयास गर्नु हुँदैन ।

सिग्नलको सही प्रयोग गर्ने

मोटरसाइकल मोडनु वा रोक्नु पूर्व अन्य सवारीलाई त्यसको सूचना दिनुपर्छ । लेनमा मोटरसाइकलको दिशा अचानक परिवर्तन गर्दा वा घुमाउरो सडकमा इन्किेटर वा हातको प्रयोग गर्न पर्छ । यसो गर्दा अन्य सवारीले चालकको अघिल्लो कदमको बारेमा जानकारी पाउँने छन्।

ध्यानबाट भट्किनु हुन्न

घुमाउरो मोडमा दुर्घटना हुने सम्भावना अधिक रहन्छ र त्यस्तो स्थानमा ओवरटेक गर्ने कोसिश गर्नु हुन्न । ठूला गाडी अघि भएको स्थानबाट हडवडीएर ओभरटेक गर्ने प्रयास गर्नुहुन्न । चारै दिशातर्फ आँखा डुलाएर र अर्को दिशामा गाडी नभएको सुनिश्क्षित भएरमात्रै ओभरटेक गर्नुपर्छ ।

शरीर सहुँदो मोटरसाइकल चढ्ने

शरीरले थेग्न सक्ने मोटरसाइकल मात्रै प्रयोग गर्नपर्छ । सबै व्यक्तिले ठूला इन्जिन क्षमताको मोटरसाइकल चलाउन सक्छन् भन्ने हुँदैन । त्यसैले आफूलाई सहज हुने मोटरसाइकल चलाउनुपर्छ ।

खराब मौसममा नचलाउने

बर्षातको समयमा अत्यावश्यक अवस्था नभएसम्म मोटरसाइकल नचलाउँदा उपयुक्त हुन्छ । सडक चिप्लो हुने भएकाले दुर्घटना हुने सम्भावना बढी हुन्छ । साथै पानीबाट बच्नका लागि बर्षादी साथमा राखेर यात्रा गर्नुपर्छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.