सगरमाथा अञ्चल अस्पतालमा डायलासिस सेवा सुरु

सगरमाथा अञ्चल अस्पतालमा डायलासिस सेवा सुरु

राजविराज : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मिर्गौला पीडितका लागि डायलासिस सेवा सुरु भएको छ। उपकरण आएको १६ महिनापछि शुक्रबार उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डायलासिस सेवाको उद्घाटन गरेपछि सेवा सुरु भएको हो।

दुईवटा डायलासिस र एक आर.ओ. मेसिन स्वास्थ्य सेवा विभागबाट २०७४ बैशाख १० गते तथा थप दुईवटा मेसिन स्वास्थ्य मन्त्रालयमार्फत प्राप्त बजेटबाट २०७४ असार २९ गते खरिद गरिएको अस्पतालले जनाएको छ।

सेवा सुरु भएको पहिलो दिन राजविराज ७ का रामप्रसाद साह र फुलकाहीका चतुरनारायण साहले सेवा लिएको तथा सातजना बिरामीको नाम दर्ता भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। 

बिरामी सम्पर्कमा आउने क्रम रहेको भन्दै डा. दासले जनशक्ति अभावले सबै बिरामीलाई सेवा प्रवाह गर्न नसकिने चिन्ता व्यक्त गरे। उनले उपप्रधानमन्त्री यादवसमक्ष विशेषज्ञ चिकित्सकको पदपूर्ति, तालिम र आवश्यक बजेटको माग गरे।

पुस १५ गतेबाट डायलासिस सेवा सुरु गर्ने भनिए पनि दक्ष जनशक्ति अभावका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन। अस्पतालमा चारवटा डायलासिस मेसिन राखिएको छ। यसका लागि एकजना विशेषज्ञ चिकित्सकसहित दुई नर्स र एक प्राविधिक कार्यरत छन्।

एक करोड रुपैयाँको लागतमा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएको र कर्मचारीलाई तालिम दिइएको मे.सु. दासले बताए। डायलासिसमा विशेषज्ञ डा. रन्जित झासहितको टोली खटिएको छ। सेवा सुरु भएपछि बिरामीलाई राहत मिलेको भन्दै डा. झाले हाल चारवटा शैयाबाट दिउँसोको सिफ्टमा आठ घण्टा सेवा दिइनेछ।

 सेवा सुरु भएको पहिलो दिन डायालासिस सेवा लिँदै बिरामी।

आवश्यक पूर्वाधारको निर्माण कार्य पूरा भएपछि सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ। राजविराजमा डायलासिस सेवा सुरु भएसँगै सप्तरीसहित छिमेकी जिल्लालाई राहत हुने भएको छ। यसअघि मिर्गौला रोगीहरूका लागि डायलासिस सेवा लिन बिराटनगर, धरान, काठमाडौं पुग्नुपर्ने अवस्था थियो।

२०२९ सालमा अञ्चल अस्पतालको नामबाट ५० शैयामा स्तरोन्नती भई २०६९ सालमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नामांकरण भएको अस्पतालमा हाल अन्तरंग विभागमा ८४ शैया छन्।

अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा मेडिकल, गाइनो र डेन्टलका तीन जना स्थायी चिकित्सक छन् भने १६ जना दरबन्दी रिक्त रहेको छ। पेडियाट्रिक, अर्थो र रेडियालोजीमा स्वयंसेवकको रुपमा कार्यरत रही बाँकी विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध छैन्।

एक सय एकजनाको दरबन्दी रहेको अस्पतालमा ४८ जना स्थायी, ६ जना करार, ६३ जना तत्कालिन अस्पताल विकास समितिबाट तथा राजविराज नगरपालिकाको सहयोगमा चार जना मेडिकल अधिकृतले शुक्रबारदेखि नै करारमा सेवा सुरु गरेका छन्।

चिकित्सकको अभावका कारण प्रभावकारी रुपमा अस्पतालले स्वास्थ्य सेवा पुर्‍याउन सकेको छैन्। मुलुककै पुरानो अस्पतालमध्ये राजविराजस्थित अञ्चल अस्पतालको अवस्था 'रेफरल सेन्टर' मा परिणत भएको स्थानीयको गुनासो छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.