कलंकीको 'अन्डरपास' बाट गुड्न थाले गाडी (फोटो फिचर)

कलंकीको 'अन्डरपास' बाट गुड्न थाले गाडी (फोटो फिचर)

काठमाडौं : लामो प्रतिक्षापछि कलंकीमा निर्माण भएको  ‘अन्डरपास’ सञ्चालनमा  आएको छ । शुक्रबारबाट आंशिक रुपमा ‘अन्डरपास’ बाट गाडी गुड्न थालेका हुन् । 

काठमाडौं चक्रपथ सुधार  आयोजनाका इन्जिनियर प्रकाशचन्द्र भण्डारीले ‘पार्सियल्ली’ रुपमा अन्डरपास सञ्चालनमा आएको जानकारी दिए ।  ‘पार्सियली सञ्चालनमा आयो, अहिले ट्रायल हो,’ उनले भने, ‘ केही काम अझै बाँकी छ, पूरै काम सकेर औपचारिक रुपमा सञ्चालन हुन्छ ।’

पूर्णरुपमा सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने उनले बताए । उनका अनुसार अब चक्रपथ र कंलकीबाट बायाँ गुड्ने सवारी साधानले जाममा बस्नुपर्ने छैन।  

अन्डरपास सञ्चालन भए पनि केही समय दायाँ गुड्ने सवारी साधानले जाममा बस्नु पर्ने उनको भनाइ छ ।  ‘अब चक्रपथमा कोही रोकिनुपर्दैन, देब्रे घुम्नेमा पनि जाम हुँदैन,’ उनले भने, ‘मात्र दाहिने घुम्ने गाडीले थोरै समय रोकिनु पर्छ ।’

भिडियो

चीन सरकारको सहयोगमा निर्माण भएको अन्डरपास ४ लेन चौडाईको छ । त्यसैगरी कंलकीबाट खसी बजारतर्फ ४ सय मिटर र कंलकीबाट बाफलतर्फ ४ सय मिटर गरी आठ सय मिटर लामो छ यो अन्डरपास । 

अन्डरपास सञ्चालनसँगै कंकलीमा वर्षौदेखि हुदैँ आएको जाम अन्त्य हने भएको छ । कंलकी-कोटश्वरको सडक निर्माण लागत २१ करोड २० लाख चिनियाँ युआन रहेको इन्जिनियर भण्डारीले जानकारी दिए ।  शब्द : सुरेन्द्र काफ्ले/फोटो भिडियो: ध्रुब सिंह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.