पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन गरेपछि..

पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन गरेपछि..

काठमाडौं :  कालो पेटिकोट लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्ने महिला र पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।  

बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पछिल्ला दिनमा बलात्कार बढ्दै गएको विरोधमा कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका महिला र पुरुषलाई प्रहरीले अनामनगर वृत्तमा राखेको छ। 

प्रदर्शन गर्नेमा महिला, पुरुष सँगै तेस्रो लिंगीसमेत थिए। सरकारले माइतीघरमा प्रदर्शन गर्न प्रतिबन्धको घोषणा गरेको थियो। तर अदालतले उक्त घोषणा कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चले सरकारको घोषणाका कार्यान्वयन नगर्न आदेश दिए पनि प्रहरीले माइतीघरमा प्रदर्शन गर्नेविरुद्ध बल प्रयोग गर्दै आएको छ। तस्बिर : दीपेन श्रेष्ठ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.