घरमै बसी विदेशी डिग्री

घरमै बसी विदेशी डिग्री

काठमाडौं : जोरपाटीकी श्रीया थापाले विज्ञान संकायबाट प्लस टु उत्तीर्ण गरेपछि स्नातक अध्ययनका लागि विदेश जाने सोचमा थिइन्। तर स्वदेशमै अन्तर्राष्ट्रिय विश्वविद्यालयको अध्ययन गर्न सम्भव भएकाले विदेशमा गएर पढ्ने योजना थाती राखेको थापा बताउँछिन् । ‘विदेशी विश्वविद्यालयको डिग्री परिवारसँगै बसेरै प्राप्त गर्न सकिने भएकाले स्वदेशमै अध्ययन गरें । विदेश जान र त्यहाँ बस्न ठूलै खर्च लाग्छ’, उनले भनिन्, ‘आमाबुवाको कमाइबाट पढाई खर्च धान्न मुस्किल पर्छ र विद्यार्थीले काम गर्दै कलेज शुल्कको जोहो गर्नुपर्छ । काम र अध्ययनबीच उचित संयोजन गर्न सकिएन भने पढाइलाई पूर्णता दिन कठिनाइ हुन्छ ।’ उनले बीएस्सी वातावरण विज्ञानमा भर्खरै बेलायतको नर्थह्यावटन युनिर्भसिटीको डिग्री स्वदेशकै नामी कलेजबाट लिएकी छन् । थापा जस्तै विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भएका कलेजमा पढ्ने नेपाली विद्यार्थीको सख्या उल्लेखनिय छ । विदेशी विश्वविद्यालयसित सम्बन्धन लिएर चलेका कलेजको संख्या पनि सयभन्दा बढी छ । पहिले पढ्नका लागि विदेश जाने नेपाली विद्यार्थीले हिजोआज नेपालमै बसेर विदेशी विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने अवस्था सिर्जना भइसकेको छ ।

गुणस्तरीय शिक्षा

विदेशी विश्वविद्यालयकले शिक्षाको गुणस्तरमा कही कतै खोट लगाउने ठाउँ नभेटिने नामी कलेजका एडमिनिस्टे«सन एन्ड मार्केटिङ अफिसर देवेन्द्र तिमल्सिना दाबी गर्छन् । आईएसएमटी कलेजका प्रमुख अवस्तीका अनुसार विदेशी विश्वविद्यालयले बजारको माग अनुसारको शिक्षा प्रदान गर्ने बताए । ‘बजार सुहाउँदो तथा अद्यावधिक पाठ्यक्रका आधारमा पढाइ हुन्छ । सौद्धान्तिक, व्यवहारिक र खोजीलाई प्राथमिकतामा कोर्स तयार गरिन्छ । विदेशी विश्वविद्यालयबाट डिग्री पाएका विद्यार्थीले विश्वको मागअनुसार दक्ष जनशक्तिको रूपमा बजारमा स्थान पाउने गरेका छन्’, अवस्ती बताउँछन् ।

विद्यार्थी थापाका अनुसार उनकी दिदी हाल वातावरण विज्ञानमा स्नातकोत्तर गर्दै छिन् । उनकी दिदीले अहिले स्नातकोत्तरमा अध्ययन गरिरहेको कोर्स आफूले स्नातकमै पढिसेकेको बताउँछिन् । यसले पनि नेपाली विश्वविद्यामयलको कोर्स समय सापेक्षिक परिवर्तन नभएको कुरा देखाउने उनको भनाइ छ । ‘अहिले हरेक क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ । सैद्धान्तिकसँगै व्यवहारिक र अनुसन्धानका आधारमा पढ्नुपर्ने अवस्था छ । तर यहाँ लामो समयसम्म पाठ्यक्रम परिवर्तन नगरी पढाइ हुन्छ’, उनले भनिन्, ‘यस्तो अध्ययनले विश्व बजारको माग पूर्ति गर्न कठिन छ ।’

विद्यार्थीका लागि नेपालमा विदेशी सम्बन्धनको शैक्षिक डिग्री एउटा अपूर्व अवसर पनि हो । सम्बन्धन प्रदान गर्ने विदेशी विश्वविद्यालय अथवा शिक्षण संस्थाले गुणस्तरमा कहिल्यै खेलवाड गर्दैनन् । उनीहरूले बढी मुनाफा र व्यक्तिगत स्वार्थका कारण कुनै शिक्षण संस्थाले गुणस्तरमा सम्झौता गर्छन् भने त्यस्ताको सम्बन्धन खारेज हुने फाउन्डेसनका अध्यक्ष पंकज जलान बताउँछन् । नयाँ प्रविधिसँग अभ्यस्त हुने र विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने भएकाले विदेशी विश्वविद्यालयको शिक्षाप्रति विद्यार्थीहरू आकर्षित उनको भनाइ छ । ।

विश्व बजारमा पहिचान

विद्यार्थीहरू स्वदेश छाडेर पढ्न जाने प्रवित्ति नेपालमा मात्र होइन, संसारभर छ । विकासोन्मुख राष्ट्रहरूको विद्यार्थी विदेशी विश्वविद्यालयको शिक्षा हासिल गर्न विकसित मुलुक जाने गर्छन् । विश्व बजार सुहाउँदो विदेशी डिग्री स्वदेशमै हासिल गर्न पाउनु नेपाली विद्यार्थीका लागि राम्रो भएको बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलान बताउँछन् । ‘विदेशी विश्वविद्यालयको अध्ययन केबल डिग्री मात्रै होइन, अन्तर्राष्ट्रिय पहिचान र उसको जीवनका हरेक मोडमा अवसरको ढोका खोल्ने चाबी हो’, जलानले भने, ‘विद्यार्थीले हरेक कार्यक्षेत्रमा सफलता दिलाउनेमा कुरामा आश्वस्त हुन सिकाउँछ ।’

आर्थिक र सामाजिक कारणले धेरै विद्यार्थी विदेशमै गएर अध्ययन गर्नबाट वञ्चित छन् । त्यस्ता विद्यार्थीले स्वदेशमै सञ्चालन भएका विदेशी विश्वविद्यालयको डिग्री दिलाउन स्वदेशमै अध्यापन सुरु गरिएको आईएसएमटी कलेजका प्रशासन प्रमुख वाशुदेव अवस्थी बताउँछन् । ‘नेपालका विभिन्न कलेजले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका विश्वविद्यालयको डिग्री अध्यापन गराइरहेका छन् । ती विश्वविद्यालयका डिग्री विश्वका हरेक देशमा मान्य हुन्छन्’, अवस्थीले भने, ‘विद्यार्थीले आफ्नो दक्षताका आधारमा जुनसुकै मुलुकमा गएर आत्मनिर्भर बन्न त्यस्ता डिग्रीले सहयोग गर्छ ।’

थोरै खर्च

अध्यनका लागि बिदेसिनुभन्दा स्वदेशमै विदेशी विश्वविद्यालयको कोर्स पढ्दा खर्च कम हुने कलेज सञ्चालकहरू बताउँछन् । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले एसियन प्यासिफिक युनिभर्सटीको कोर्स नेपालमै सञ्चालन गरिरहेको छ । फाउन्डसनका अध्यक्ष जलानका अनुसार यो कोर्स विदेशमा अध्ययन गर्न ४० लाख रुपैयाँसम्म खर्च लाग्ने बताउँछन् । तर फाउन्डेसनको मलेसियन युनिर्भसिटीको सम्बन्धनमा सञ्चालित कोर्स नेपालमै अध्ययन गर्ने हो भने सात लाख रुपैयाँ लाग्ने उनी बताउँछन् । फाउन्डेसनले २० वर्षदेखि नेपालमा विदेशी विश्वविद्यालयको शिक्षा स्वदेशमै प्रदान गरिरहेको छ । उनका अनुसार बीबीएमको ६ लाख २५ हजार रुपैयाँ र बिएस्सी आईटी सात लाख रुपैयाँमा पढ्न सकिने बताउँछन् । ती दुवै कोर्स तीन वर्षका हुन् ।

विदेशमा भन्दा स्वदेशमै विदेशी विश्वविद्यालयको कोर्स अध्ययन गर्दा विद्यार्थी तथा अभिवाभकलाई आर्थिक भार कम हुने आईएसएमटी कलेजका प्रशासन प्रमुख अवस्थी बताउँछन् । आईएसएमटी कलेजले सन् २०११ देखि बेलायतको युनिभर्सिटी अफ हेर्टफोर्डसाइरको कोर्स अध्यापन गराइरहेको छ । कलेजमा बेलायती युनिभर्सिटीको बीबीए, बीएचएम र बीएस्सी आईटीको कोर्स पढ्न सकिन्छ । यी कोर्स स्वदेशमा अध्ययन गर्न सात लाखदेखि आठ लाख रुपैयाँ लाग्ने र यदि बेलायतमै गएर अध्ययन गर्ने हो भने कलेज शुल्क मात्र १४ लाख देखि १६ लाख रुपैयाँसम्म पर्ने अवस्थी बताउँछन् ।

‘एउटै विश्वविद्यालय भए पनि विदेश गएर पढ्ने हो भने लाखौं लाग्छ । स्वदेशमा विदेशको भन्दा आधा पनि खर्च पनि लाग्दैन’, नामी कलेजका एडमिनिस्ट्रेसन एन्ड मार्केटिङ अफिसर देवेन्द्र तिमल्सिना बताउँछन्, ‘शिक्षाको गुणस्तर पनि एउटैे हुन्छ ।’ नामी कलेजले सन् २०१४ देखि बेलायतको नर्थह्यावटन युनिर्भसिटीको सम्बन्धनमा स्नातक तहमा विभिन्न कोर्सको अध्यापन गराइरहेको छ । नामीमा स्नातक तहमा कम्प्युटिङ, आईटी, वातावरण विज्ञान र सफ्टवेयरलगायत कोर्स पढाइन्छ । ती सबै कोर्स तीन वर्षको भएको उनी बताउँछन् ।

किन विदेशी विश्वविद्यालय ?

हरेक विद्यार्थी विश्व बजारमा सहजै बिकाउ हुने शिक्षा अध्ययन गर्न लालायित रहन्छन् । परम्परागत शैलीका आधारमा अध्यापन हुने विश्वविद्यालयको डिग्रीबाट विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिने नामीका तिमल्सिना बताउँछन् । ‘विदेशी विश्वविद्यालयले विद्यार्थीले वर्षभरि गरेका गतिविधिका आधारमा नम्बर दिन्छन् । नेपाली विश्वविद्यालयले एउटा पेपरको आधारमा विद्यार्थीको मूल्यांकन गरिदिन्छ’, तिमल्सिनाले भने, ‘विद्यार्थीहरू पनि बाध्य भएर व्यावहारिक ज्ञानभन्दा पनि सैद्धान्तिक ज्ञान हासिललाई महŒव दिन्छन् । यस्तो शिक्षाको भरमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिन्न ।’ विश्व बजारको मागअनुसारको दक्ष जनशिक्त नेपालमै उत्पादन गर्न विदेशी विश्वविद्यालयको कोर्स नेपालमै अध्यापन सुरु गरिएको तिमल्सिना बताउँछन् ।

स्वदेशमै बसेर थोरै खर्चमा विदेशी विश्वविद्यालयको शिक्षा उपलब्ध गराउनु यस्ता कलेजका विशेषता हुन् । स्वदेशमै विदेशी विश्वविद्यालयमा अध्ययन गर्दा विद्यार्थीलाई धेरै फाइदा हुने आईएसएमटीका प्रमुख अवस्थी बताउँछन् । ‘नेपालमा दुई वर्ष अध्ययन गरेर क्रेडिट ट्रान्सर्फरमार्फत विदेशमा अध्ययन गर्न सकिन्छ । नेपालबाट क्रेडिट ट्रान्सर्फर गरेर विदेश जाँदा ७५ प्रतिशतभन्दा धेरै रकम बचत हुन्छ । साथै विद्यार्थीलाई भाषा र संस्कृतिको समस्या पनि हुँदैन’, अवस्थीले भने ।

बिदेसिनाले पढाइ अपुरो

स्वदेशी डिग्री होस् वा विदेशी, विद्यार्थी सकेसम्म नेपालमै अध्ययन गर्न चाहन्छन् । धेरैजसो विद्यार्थी विदेशमा पढ्नभन्दा पनि पैसा कमाउन र त्यहीँ बसोबास गर्ने मनसायले अध्ययनको बहानामा बाहिरिने आईएसएमटी कलेजका अवस्थीको बुझाइ छ । ‘अविभावकले लाखौं खर्चेर छोराछोरीलाई अध्ययनका लागि विदेश पढाउँछन् । छोराछोरीले अध्ययनका साथै विदेश जान लागको खर्चको पनि आस गर्छन्’, अवस्थी भन्छन्, ‘यस्तोमा विद्यार्थीहरू अध्ययनभन्दा नि कमाउमै बढी केन्द्रित हुन्छन् ।’ उनका अनुसार पढाइ र कामको बीचमा समन्वय मिलाउन नसक्दा अध्ययन भिसामा विदेश जानेले अधिकतम विद्यार्थीले अधुरोमै पढाइ छाड्ने गर्छन् ।

‘अध्यनका लागि विदेश नै जानुपर्छ भन्ने विद्यार्थी र अभिभावकको मनस्थिति छ, नेपालमा बसेर भविष्य छैन भन्ने धेरैको मोनोविज्ञिानमा बसेको छ । तर विदेशमा आइपर्ने दुःख, पीडबारे कमैलाई थाहा हुन्छ’, फाउन्डेसनका अध्यक्ष जलान भन्छन्, ‘अरूले भनेको र सुनेको भरमा पढाइसँगै पैसा कमाउने आसमा विद्याथीहरू विदेश जान्छन् । तर, त्यहाँ उनीहरूले सोचेजस्तो सहज तरिकाले अध्ययन गर्ने वातावरण हुँदैन ।’ धेरैजसो विद्यार्थी यही कारणले बीचैमा पढाइ छोड्न बाध्य हुन्छन् । नेपालमै सञ्चालित विश्वविद्यालयबाट शिक्षा लिने विद्यार्थीहरूले त्यस्तो समस्या भोग्नु नपर्ने जलानको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.