पुल बगाएपछि चीन जाने सडक तीन दिनदेखि ठप्प

पुल बगाएपछि चीन जाने सडक तीन दिनदेखि ठप्प

गेर्खु, नुवाकोट : पुल बगाएपछि चीन जाने सडक तीन दिनदेखि  ठप्प रहेको छ। विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध त्रिदेशीय मार्गको रक्सौल-गल्छी-त्रिशूली-धन्चे-रसुवागढी सडकमार्ग आइतबारदेखि ठप्प भएको हो। 

सडक सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम भइरहेको भएपनि मंगलबार बेलुकीसम्म बनेको छैन्। पासाङल्हामु मार्गअन्र्तगतको सो पुल भत्केपछि खोलाबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले बताए।

विदुर नगरपालिका- १ इन्द्रायणीचौर र १० गेर्खु जोड्ने गेर्खुखोलाको पुल बाढीले भत्काएपछि आइतबार बिहानैदेखि यातायात ठप्प भएको स्थानीयबासी तथा वडाध्यक्ष गणेशकुमार नेपालले बताए  ।
अविरल वर्षात्पछिको बाढीले पासाङल्हामु मार्गअन्र्तगत रहेको पक्‍की पुल भत्काएपछि हजारौं सर्वसाधारण प्रभावित भएको नेपालले बताए । पासाङल्हामु मार्गमा रहेको त्रिशूली-बेत्रावती-धुन्चे सडकखण्डको गेर्खुखोला पुल बाढीले भत्काएपछि सो सडममार्गमा गुड्ने तीनसय भन्दा बढी यात्रुबाहक सवारीसधान प्रभावित भएका छन्।

पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ। बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ। रसुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि यात्रु बाटोमै अलपत्र परेका छन्।

अहिले रसुवाको गोसाइँकुण्डमा प्रसिद्ध जनैपूर्णिमा मेला लागिरहेको छ। मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न गोसाइकुण्ड जाने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.