भारतीय नागरिकले भेटे आफन्त

भारतीय नागरिकले भेटे आफन्त

स्याङ्जा : भारतीय नागरिक जीतेन्द्र भनिने विनय अग्रहरीलाई स्याङ्जाका अभियानपथबासीले उनका भाइलाई बुझाएका छन् । एक वर्षअघि मानसिक सन्तुलन गुमाउँदै भारतबाट स्याङ्जा आएका उनको स्वास्थ्यमा सुधार आएपछि उनका आफन्तको खोजी भएको थियो । कसैले फोन, कसैले फेसबुक त कसैले सञ्चार माध्यममार्फत उनका परिवारका खोजी गरेका थिए ।

आफुलाई जीतेन्द्र अग्रहरी बताउने विनय अग्रहरी (पंकज) लाई लिन उनका सहोदर भाइ विवेक अग्रहरी र काकाका छोरा रजत अग्रहरी स्याङ्जा आएका हुन् । भारतको मिर्जापुरवारबाट सोमबार साँझ पुतलीबजार नगरपालिका १ स्थित अभियानपथ आइपुगेका उनीहरुले आफ्ना दाजुलाई ३ वर्षपछि भेटेको बताए । विनयले पनि आफ्ना भाईलाई भेटेपछि परिचित मुहार देखेझंै खुसीले हाँस्दै आफ्ना घरपरिवारका अन्य सदस्यका बारेमा सोधखोज गरेका थिए ।

भाइले यति टाढा कसरी आइपुग्यो भन्दा बोर्डरबाट चिनेजानेका व्यक्तिले बस चढाएर नेपाल पठाइदिएको बताए । दुई दाजुभाइको पुनर्मिलन हेर्न अभियानपथस्थित निमार्णाधीन सभागृहमा स्थानीयको भीड लागेको थियो । बिगत ८/९ महिनादेखि स्याङ्जा सदरमुकाममा रहेका विनयले सदरमुकामस्थित सहिदचोकको प्रमुख बजार दिनभर फेरो मार्थे । कागजका डफ्टी, प्लाष्टिक ढुंगाा र नालामा बगेको फोहोर पानी पिउँथे । पुतलीबजार नगरपालिका १ अभियानस्थका स्थानीयबासीको नियमित हेरचाह र औषधोपचारले उनको जीवनमा परिवर्तन आएको हो । स्वास्थ्यमा सुधार आएपछि आफ्नो घर ठेगाना बताएकाले परिवारसँग पुनर्मिलन हुने मौका मिलेको हो ।

सदरमुकाममा बसेर होटल व्याबसाय संचालन गर्दै आएका हिमलाल ढकाल र राजकुमार आचार्यको नियमित हेरचाहले उनको जीवनमा चमत्कारिक परिवर्तन आएको हो । डा. लुम्बेश्वर आचार्यले ती पुरुषको स्वास्थ्य एवं मानसिक परीक्षणपछि दिएको औषधीले परिवर्तन ल्याएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.