गोली हान्दै घरमा डकैती आरोपमा तीनजना पक्राउ
बर्दिबास : महोत्तरीको भंगहा नगरपालिका–६ जमुनियाँका अर्जुन भुजलेको घरमा डकैती गरेको आरोपमा प्रहरीले तीनजनालाई फक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका वडा नम्बर–१३ बिजलपुराका २५ वर्षीय रमेश लामा, २८ वर्षीय अजमल अली शेष र ३५ वर्षीय ईसुन घिसिङ्ग रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्रबहादुर खड्काले जनाए ।
पीडितले पहिचान गरेको आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला अदालत महोत्तरीबाट पाँच दिन म्याद लिएर प्रहरीले उनीहरुमाथि थप अनुसनधान थालेको छ । फरार डाँकाहरुकोे प्रहरीले खोजी तीब्र पारिएको छ ।
पीडितले प्रहरीमा ११ लाख बराबरको सुन, चान्दीको गरगहान, नगद, मोबाइल सेट लगायतका समाग्री लुटेको उजुरी दिएको छ ।
शुक्रबार राति गोली चलाउँदै डाँकाहरुले लुटपाट गरेका थिए । गोलीको छररा लागेर घरधनी अजुर्न भुजेल घाइते भएका थिए । डाँकाले धारिलो हतियार प्रहार गर्दा अर्जुनका छोराहरु अमित र दिपेन्द्र भुजले सालो सुमन बुढाथोकी र श्रीमति अञ्जु भुजेल घाइते भएका थिए ।